अपडेट 
पाेखरियामा याेजना शाखा प्रमुख पाण्डेकाे हालीमुहाली, याेजना बिक्री गर्दै | उपेन्द्र आउट भएपछि स्वास्थ्यमन्त्रीमा प्रदीप यादव, रञ्जु ठाकुर र हसिना खान पनि मन्त्री बन्ने | मधेशका मुख्यमन्त्री कार्यालयका उपसचिव साहमाथि बलात्कार मुद्दा, कर्मचारीकै श्रीमतीलाई ब्लाकमेल गरी पटक पटक बलात्कार | एमालेले पनि छोड्यो मधेस सरकार, मुख्यमन्त्री यादव अल्पमतमा | माओवादीले फिर्ता लियो मधेश सरकारलाई दिएको समर्थन | मधेश सरकारबाट बाहिरियो माओवादी केन्द्र | छिहरमाईका अध्यक्ष बालविवाह गराउँदै,सूचना लुकाउँदै | लिटिलबडी प्रि-स्कुलका बालबालिकाहरुले एक वर्षमा बचत गरेको रकम सार्वजनिक | नेपाल प्रहरीका ५१९ इन्स्पेक्टरको सरुवा (सूचीसहित) | जनकपुरमा दिनदहाडै सहकारीको ८० लाख रुपैयाँ लुटियो |
२०८१ बैशाख ४, मंगलवार ११:०९ बजे

बारा । बारामा तेल ट्यांकरले मोटरसाइकलमा ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ ।

जिल्लाको जितपुर सिमरा उपमहानगरपालिकामा तेल ट्यांकरले मोटरसाइकलमा ठक्कर दिँदा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान २९ वर्षीय दिनेश परियारको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार उनको उपचारको क्रममा परवानीपुरस्थित एल.एस. न्युरो हस्पिटलमा राति १ बजेर २२ मिनेटमा मृत्यु भएको थियो ।

सोमबार राति १० बजेर ४० मिनेटको समयमा परियार चढेको ग १४ प ५९७२ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ना ७ ख ३०२६ नम्बरको ट्याङ्करले जितपुर सिमरा उपमहानगरपालिका–२ सञ्चार नजिक पछाडिबाट ठक्कर दिएको थियो ।

घटनाको प्रहरीले थप अनुसन्धान थालेको छ । मृतक परियारको घर अछामको चौरपाटी गाउँपालिका वडा नम्बर १ हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय