मधेश सरकारबाट बाहिरियो माओवादी केन्द्र



जनकपुरधाम, ३० बैशाख  । जसपाका सरोज यादव नेतृत्वको सरकार धरापमा पर्ने भएको छ । आइतवार सत्तारुढ माओवादी केन्द्रका दुई मन्त्रीहरुले सरकारबाट सामुहिक राजिनामा दिएसंगै यादव नेतृत्वको सरकार संकटमा परेको छ ।

माओवादीबाट यादव नेतृत्वको वर्तमान सरकारमा रहेका बिना विभागिय मन्त्री भरत साह र उद्योग बाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराईले सरकारबाट राजिनामा दिएको पत्र मुख्यमन्त्री यादवलाई बुझाएका छन् । साह माओवादी केन्द्रका संसदिय दलका मधेशका नेता पनि हुन ।

यस अघि संकटका बिच बिश्वासको मत लिने क्रममा मुख्यमन्त्री यादव साहलाई रोजेको मन्त्रालय दिने सहमती गरेर पछि वन मन्त्रीमा सिमित गर्न खोजेपछि साह आक्रोसित भएका थिए । उनले बन मन्त्रालयमा पदभार ग्रहण अस्वीकार मात्र गरेनन् सरकारनै ढाल्ने तयारी थाले ।

साहले अर्थ मन्त्रालय ताकेको बताइन्छ । प्रधामन्त्री प्रचण्डकै रोहबरमा मुख्यमन्त्री यादवले माओवादीलाई रोजेको मन्त्रालय दिने सहमती गरेको बताइन्छ । त्यसै गरि माओवादी केन्द्रले प्रदेश प्रमु्ख कार्यालय पुगेर वर्तमान सरकारलाई रहेको समर्थन फिर्ता लिएको जानकराी समेत गराइसकेको छ ।

एमाले पनि आजै बाहिरने, मन्त्री कुर्दैठ

एता एमालेले पनि सरकार छोडन लागेको छ । एकजना मन्त्री बाहिर रहेकाले प्रतिक्षामा रहेको एमाले आजै सरकारबाट सामुहिक राजिनामा दिने तयारीमा छ । र सम्भव भए एमाले पनि आजै समर्थन फिर्ता सहित ठुला दलको नाताले आफनो नेतृत्वमा सरकारका लागि पहल थाल्ने तयारी गरेको छ । संसदिय दलका नेता तथा भौतीक पुर्वाधार मन्त्री सरोज यादवको सरकारी निवासमा मन्त्रीहरु जम्मा भइरहेको छ भने सोहि निवासमा राजिनामा र समर्थन फिर्ताको पत्र तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज