रवि लामिछानेविरुद्ध सर्वोच्चमा रिट



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । सभापति लामिछानेविरुद्ध नेपाली राहदानी दुरुपयोग मुद्धामा अनुसन्धान गर्नुपर्ने मागसहित आज युवराज पौडेल सफलले अदालतमा रिट दिएका हुन् ।

लामिछानेले राहदानी दुरुपयोग गरेको र यसविरुद्ध मुद्दा चलाउनुनपर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध आइतबार रिट निवेदन दिएको पौडेलले जानकारी दिए ।

‘रवि लामिछानेले राहदानी दुरुपयोग गरेको सम्बन्धमा मुद्दा चलाउन र लामिछानेविरुद्ध मुद्दा चलाउनुनपर्ने महान्यायाधिवक्ताको निर्णयविरुद्ध आइतबार सर्वोच्च अदालतमा रिट निवेदन दिएको छु,’ पौडेलले भने, ‘भोलि या पर्सीसम्ममा रिट दर्ता होला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज