व्यापारी चिनी लुकाएर कालाे बजारमा बेच्ने–महागठबन्धन सरकार रमिते बन्ने ?



काठमाडौं । महागठबन्धन सरकारको नालायकीपनले नेपालीहरूको महत्वपूर्ण वडादशैं, तिहार र छठ जस्ता चाडपर्वको मुखमा बजारमा चिनी उपलब्ध हुन छाडेको एक महिना भएको छ । चिनीको हाहाकार भएकै कारण मुनाफाखोर र कालोबजारी गर्न पल्केका केही व्यपारीहरू भने मालामाल भएका छन ।

गएको साउनसम्म प्रति किलो १ सय मूल्यमा सजिलै पाइने चिनी यतिखेर कालाे बजारमा १ सय ५० देखि १ सय ६० रूपैयाँसम्म मूल्य तिरेर पनि सजिलै उपलव्ध हुन छाडेको छ । सरकारी निकायसँग चिनीको स्टक कम हुँदा बजार मूल्य निरन्तर वृद्धि भइरहेको छ ।

यतिखेर खाद्यान्न पसलहरूका बढी मूल्य तिर्छु भन्दा पनि चिनी सजिलै पाइँदैन । जसले गर्दा चिया पसल गर्दै गुजारा चलाउँदै आएका केही ससाना चिया बेचेर गुजारा गर्ने चिया व्यवसायीहरु व्यवसाय नै बन्द गर्न बाध्य भएका छन । चिनी मिल तथा ठुला व्यापारीहरूले मुलुकभर ३० हजार मेट्रिक टन भन्दा बढी चिनी गोदाममा लुकाएर कालाे बजारमा विक्री गर्ने गरेको गरिएको छ । जसले गर्दा उनीहरुले मूल्य बढाएर थोरथोरै रुपमा कालाे बजारमा बिक्री गर्दै आएको बुझिएको छ ।

साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग चिनीको मौज्दात सकिदा निजी क्षेत्रका ठुला व्यापारीले यसको फाइदा उठाएका छन । तर, यो महागठबन्धन  सरकारले कडाइका साथ बजार अनुगमन गर्न सकेको छैन । विगत तीन वर्षदेखि विदेशबाट चिनी आयात कम हुँदै आएको छ ।

नेपालमा वार्षिक करिब २ लाख ८४ हजार मेट्रिक टन चिनी खपत हुने गरेको स्रोत बताउँछ ।

जसमा आन्तरिक उत्पादन १ लाख ४० हजार मेट्रिक टन मात्र हुने गरेको बताइन्छ । चिनी मिलहरूले किसानहरूलाई उखु बिक्री गरे बापतको रकम समयमा उपलव्ध नगराउँदा लगाउन छोडेका छन । जसका कारण हरेका साल उखु र चिनीको उत्पादन घट्दै गएको छ ।

आन्तरिक उत्पादनले अपुग हुने १ लाख ४४ हजार मेट्रिक टन चिनी बर्सेनी छिमेकीलगायत अन्य मुलुकबाट आयात गर्नुपर्ने बाध्यता रहेको छ । सरकारले आयातमा कोटा निर्धारण गरी रोक लगाउदै आएकाले पनि निजी व्यवसायी, साल्ट ट्रेडिङ र खाद्य कम्पनीले समयमा खरिद गर्न सकेका थिएनन ।

साल्ट ट्रेडिङ र सरकारी निकाय खाद्य कम्पनीले गएको असार महिनामै दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी ५० हजार मेट्रिक टन चिनी आवश्यक पर्ने जानकारी सरकारलाई गराएका थिए ।

बजार भाउ नियन्त्रणका लागि पनि भन्सार छुटमा उक्त परिमाणमा आयात अनुमतिको लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाईसँग अनुरोध गरी पत्रचारसमेत गरेका थिए । मन्त्रालयले पनि समयमै भन्सार छुटमा आयात गर्न २०८० भदौ २ गते अर्थ मन्त्रालयमा पत्र पठाएको थियो ।

पत्र अनुसार अर्थ मन्त्रालयले भन्सार छुटसहितको उक्त परिमाणको चिनी आयात अनुमति दिएको र परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारसँग अनुरोध गरेको थियो । तर छिमेकी मुलुकले अहिलेसम्म उपलव्ध गराउने बिषयमा कुनै जवाफ फर्काएको छैन ।

जसले गर्दा अहिले बजारमा चिनीको अभाव, हाहाकार र मूल्य वृद्वि भएको बताइन्छ । अर्थले समयमा नै आयातको अनुमति दिएको भए चाडपर्वको मुखमा अभाव र हाहाकार हुने थिएन । काठमाडौं उपत्यकामा सरकारले गएको २०८० असोज २१ गते देखि सुपथ मूल्यका पसलहरू खोलेको छ ।

ती पसलहरूबाट पनि उपभोक्ताले चिनी प्राप्त गर्न सकेका छैनन । सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४ अनुसार प्रकृया पु¥याएर चिनी खरिद गर्दा वडादसैँ र तिहार अगाडि चिनी आयात गर्न सक्ने स्थिति छैन । नेपाल सरकारले भारत सरकारसँग जीटुजी माध्यमबाट खरिद प्रकृया अगाडि बढाएको खण्डमा दसैँ सकिए पछाडि मात्र ल्याउन संभव हुने स्रोतले दावी गरेको छ । (साँघु साप्ताहिक, २०८० कात्तिक ६ गते)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज