बेहुलाको नाच देखेर बेहुलीले बिहे रद्ध गरेपछि…



एजेन्सी । भारतको उत्तर प्रदेश राज्यको मैनपुरीमा बेहुला नाचेपछि बेहुलीले बिहे नै रद्द गरेकी छन् । उत्तर प्रदेशको करहल थाना क्षेत्रअन्तर्गत गम्भीरा गाउँमा ७ डिसेम्बरका दिनको घटना हो । स्थानीय ब्रजेश कुमारकी छोरीको विवाह हुँदै थियो।

आजतकका अनुसार जन्ती लिएर पुगेका बेहुलासँग बेहुलीको बिहे गर्ने प्रक्रिया सुरु हुँदै थियो । यहीबीच बेहुला उठेर आफ्ना साथीहरूसँग नाच्न थाले ।

जब बेहुलीले बेहुला नाचेको देखिन्, तब उनलाई बेहुलाको हाउभाउ ठीक लागेन् । उनले बेहुला मदिराको मातमा नाचेको पत्ता लगाइन्। बेहुलाले मात्र नभई बेहुलाका बुवाले पनि रक्सी खाएको खुलासा भयो ।

त्यसपछि बेहुलीले ती बेहुलासँग बिहे नगर्ने अडान लिइन्। बेहुला पक्षले उनलाई मनाउन अनेक प्रयास गरे, तर केटी मान्दै मानिनन्। बेहुलीको निर्णयमा उनको परिवारले पनि साथ दियो । त्यसपछि बेहुला जन्ती मात्र लिएर फर्किन बाध्य भएको खुलासा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज