राम्रो स्वास्थ्यको सरल उपाय, जाडोमा दैनिक एक मुट्ठी बदाम



एजेन्सी । बदम यो स्वादका लागि मात्र नभएर स्वास्थ्यका लागि पनि एकदमै फाइदाजनक हुन्छ । जाडोमा यसको सेवन अवश्य गर्नु पर्दछ ।

  • बदाम प्रोटिन, भिटामिन्स, खनिज र एन्टीअक्सीडेन्ट्स प्रदान गर्छ । दैनिक एक मुट्ठी बदामले तपाईंलाई धेरै फाइदा दिन सक्छ ।
  • बदाममा काब्र्सको मात्रा कम हुन्छ । यसले तौल बढ्ने खतरा पनि हुँदैन र शरीरलाई आवश्यक तत्वहरु पनि प्राप्त हुन्छ ।
  • बदाममा विभिन्न प्लान्ट बेस्ड तत्वहरु हुन्छन् जो मुटुको समस्या देखि लिएर मधुमेहको समस्यामा पनि फाइदाजनक हुन्छ ।
  • बदामले पेटलाई भरिएको राख्न सहयोग गर्छ जसले गर्दा अत्यधिक खाने इच्छा पनि हुँदैन जसले गर्दा तौल पनि नियन्त्रित रहन्छ ।
  • बदाम हृदय रोगका लागि पनि एकदमै लाभदायक हुन्छ ।
  • यसबाहेक यसको सेवनले पित्तासयको पत्थरीको खतरा पनि कम गर्न सक्छ ।

तर यसको अत्यधिक सेवन भने गर्नु हुँदैन । धेरै जसो व्यक्तिका लागि प्रतिदिन ४२देखि ५० ग्रामको मात्रा पर्याप्त हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज