काठमाडौं । सोसल मिडियामध्ये चर्चित ‘मेसेन्जर’ एप्सले पठाइसकेको मेसेज एडिट गर्ने फिचर ल्याएको छ । यो फिचर प्रयोग गरेर कसैलाई पठाइसकेको मेसेजपछि फेरि सच्याउन वा थपघट गर्न मिल्ने छ ।
आफूले मेसेज पठाएर फेरि हेर्दा कुनै शब्दमा गल्ती देखिएमा सच्चाउन मिल्ने छ ।
यो फिचरले कुनै शब्द गल्ती टाइप भएर सेन्ड भएमा तल फेरि दोहोर्याएर लेख्नुपर्ने र पठाइसकेको मेसेज मेटेर फेरि पठाउनुपर्ने झन्झट हटाएको छ ।
तर, यो सुविधा भने पठाइसकेको १५ मिनेटसम्मका लागि मात्रै हो । १५ मिनेट अवधिभित्र पठाइएका सन्देशहरू परिवर्तन गर्न चाहेमा मात्र एडिट हुनेछ ।
यो सुविधा लिनको लागि आफूले पठाएको मेसेजमा थिचेर ‘मोर’ अप्सनमा गएर एडिट गर्न सकिनेछ ।
प्रतिक्रिया!