कलैया । बारामा ट्राफिक प्रहरीले असुली धन्दा चलाइरहेको खुलेको छ । ट्राफिक प्रहरी कार्यालय बारा मातहत रहेको प्रत्येक ट्राफिक पोष्टले विभिन्न माल बाहक सवारी साधनको चेकजाँचको बहानामा सवारीसाधनहरुसँग रकम असुली गरेको पाएको छ । कलैया उपमहानगरपालिकाको मुख्य स्थान मानिने भरत चौक र भरत चौकमा ट्राफिक प्रहरीले अवैध असुली धन्दा चलाइरहेको खुलेको हो ।
कलैया उपमहानगरपालिकाले धेरै ठाउँमा पार्किङ र नो पार्किङ लेखिएको होडिङ्ग बोर्डहरु लगाएका छन् । तर त्यसको कहिकतै पालना भएको छैन । कलैयाको भरतचौकदेखि बरेवा दरबार जाने बाटोमा बटुवालाई हिलडुल गर्न समेत मुश्किल हुने गरेको छ । देवकोटा चौक, मच्छरहटा चौक, हनुमान चौक, अदालत रोड, दहि बजारको क्षेत्र, बरेवा दरवार, जिल्ला प्रशासन कार्यालय तथा अन्य मुख्य सडकमा गाडीको जाम हुँदा पनि ट्राफिक प्रहरीले कारवाही नगरी अवैध रुपले रकम असुली गरिरहेको चालकले बताएका छन् । जसले ट्राफिक व्यवस्था चुस्त दुरुस्त राख्ने उसैले नै नदेखेको जस्तो गरेर समस्या आएको हो ।
बिभिन्न उद्योगका लागि जाने कच्चा पदार्थ ढुवानी गर्ने सवारीसाधनहरुबाट ट्राफिक प्रहरीहरुले विभिन्न चेकजाचको बहानामा अवैध रुपले रकम असुली गरिरहेको चालकले बताएका छन् । मालवाहक सवारीसाधनको ‘भारवहन नियम सम्बन्धी निर्देशिका २०७४’ मा तोकिएको क्षमताभन्दा बढी भार बोकेको पाइएमा त्यस्ता मालवाहक साधनलाई जरीवाना गरी बढी भएको मालसामान झार्नुपर्ने व्यवस्था छ । सोही कानूनमा टेकेर जाँचमा खटिएका ट्राफिक प्रहरीले ट्रक चालकसँग अनधिकृत रूपमा रकम असुल्ने गरेका छन् । ती सवारीसाधनका चालकहरु तथा एजेन्टमार्फत हरेक चौक चौकमा खटिएका ट्राफिक प्रहरीले अवैध असुली गरिरहेका छन् । भारतिय सवारी चालकलाई ट्राफिक प्रहरीले अनावशयक रुपले रोकेर कागज पत्र दिनु भनि आफ्नो सबै कागज पत्र दिएपनि नेपालमा यो हँुदैन त्यो हुँदैन भनेर ट्राफिक प्रहरीले विभिन्न किसिमको दर धाक देखाई १ हजार रुपैया सम्म लिएर छोड्ने गरेको छ । प्रत्येक दिन हजारौं सवारी साधन ओहोर दोहोर गर्ने उक्त चोकमा सवारी चालकहरुले ट्राफिकको यस्तै नियति व्यहोर्नु परिरहेको छ। अहिले मालवाहक ट्रक, ट्यांकर, टिपर, माल बाहक जीप तथा ट्रिपर व्यवसायीहरू ट्राफिकसँग आजित बन्न थालेका छन् । भारतबाट आउने मालवाहक ट्रकहरुमध्ये अधिकांश सवारी साधन ओभर लोड नै आउने गर्छ र ट्राफिकसँग समन्वय गरि एजेन्टहरुले मालवाहक सवारीका साहुसँग ठेक्का मिलाई महिनावारी रुपमा पास गराउँदै आएका छन् । क्षमताभन्दा बढी भार बोक्ने साधनलाई ट्राफिक प्रहरीले जरीवाना तिराउन सक्छ । जरीवाना गरेर बढी भार मिलान गरेपछि मात्र जान दिनुपर्नेमा अनधिकृत रकम लिएर छाड्ने गरेको भेटिएको छ । बिशेष गरी भारतीय मालवाहक ट्रक तथा लहरीहरुसँग ट्राफिक प्रहरीले सामान र भार हेरेर १ हजार देखि २५०० सय रुपैयाँसम्म असुल्ने गरेको भेटिएको छ । त्यसैगरी ट्राफिक प्रहरीसँग समन्वय गरि सवारी छुटाउने दलालहरुले पनि प्रती गाडी १ हजार देखि १५ सयसम्म लिई ट्राफिक र दलालहरुले भागबण्डा मिलाउने गरेको पनि खुलेको छ । दलालहरुबाट समन्वय गरेका गाडीहरुलाई भने ट्राफिक प्रहरीले बिना चेक जाँच काउन्ट गरेर पठाउने गरेको भेटिएको छ । अहिले मालवाहक ट्रक, ट्यांकर तथा ट्रिपर व्यवसायीहरू ट्राफिकसँग आजित बन्न थालेका छन् । भारतबाट आउने मालवाहक ट्रकहरुमध्ये अधिकांश सवारी साधन ओभर लोड नै आउने गर्छ र ट्राफिकसँग समन्वय गरि एजेंटहरुले मालवाहक सवारीका साहुसँग ठेक्का मिलाई पास गराउँदै आएका छन् । ट्राफिकले कागजपत्र नभएको सवारी चालकसँग अवैध रकम असुल गर्ने गरेको चालकहरू बताउँछन् । ट्राफिक प्रहरीले सबारी साधनको यान्त्रिक अवस्थाभन्दा पनि भारतीय मालबाहक सवारी साधन, पराल, ईट्टा, कवाड लोड मालबाहक सवारी साधन र पशु लोड गरेको सवारी साधनलाई रोकेर चेकजाँचको नाममा सवारी साधनको अनधिकृत रकम लिने गरेको आरोप लाग्दै आएको छ ।मधेस प्रदेश अन्तर्गत बाराको जीतपुर सिमरा, नीजगढ, कलैया, प्रसौनी, गण्डक लगायतका ट्राफिक प्रहरीले रकम असुल्ने गरेको आरोप रलाग्दै आएको छ । ट्राफिक प्रहरी उपरीक्षक सन्तोष भट्टराईका अनुसार राजमार्गमा चल्ने सबारी साधनलाई चेकजाँचको नाममा एउटै जिल्लाको राजमार्गका दुई÷तीन स्थानमा बसेर ट्राफिक प्रहरीले सवारी साधनको कागजपत्र रहे÷नरहेको मात्र हेर्ने गरेका छन् । साभार : खोजतलास अन्लाईनबाट