भारतसँग भएका सम्झौताबारे प्रधानमन्त्री दाहालले आज संसदीय समितिलाई जवाफ दिदै



काठमाडौं । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई बोलाएको छ ।

नेपाल र भारतबीच पछिल्लो समय भएका सम्झौताका विषयमा जानकारी लिन समितिले प्रधानमन्त्री दाहाललाई बैठकमा बोलाएको हो । समितिको बैठक बिहान ११ बजे बस्ने छ । भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा भएका सम्झौताका विषयमा सर्वत्र प्रश्न उठेपछि समितिले प्रधानमन्त्रीसँग सोधपुछ गर्न लागेको हो ।

सबैतिर आलोचना बढेपछि समिति र सांसदहरूको चासोमा प्रधानमन्त्री दाहाल आफैँ उपस्थित भएर जवाफ दिन लागेका हुन् । भारतीय दूतावासले २० करोड रुपैयाँसम्मको परियोजना सीधै समुदायमा गएर सञ्चालन गर्न सक्ने सम्झौतामाथि सबैभन्दा बढि आलोचना भएको छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि आज बस्दै छ । बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने समितिको बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका विषयमा छलफल हुने कार्यसूची छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज