छिहरमाईका अध्यक्ष बालविवाह गराउँदै,सूचना लुकाउँदै



वीरगंज,२९ बैशाख । पालिकाको बजेट खर्चेर बालविवाहलाई बढवा दिएको छिपहरमाई गाउँपालिकाले सोको सूचना समेत लुकाउँदै आएको छ ।

गाउँपालिका मेयर मनोज गुप्ताले सार्वजनिक कार्यक्रममै घोषणा गरी बिभिन्न आर्थिक बर्षमा कान्यदानको लागि भन्दै आफ्नो आसेपासेलाई २१ देखि ५१ हजार रुपैया सम्म बाढदै आएका छन् ।

गाउँपालिकाले कन्यादान गरेको थुपै बालिकाहरुको सरकारले तोकेको बिहेको उमेर नै नपुगेको स्थानियहरुको भनाई छ । गाउँपालिकाले गरिब, दलित एवं मेयरको आसेपासेका परिवारका छोरीको बिहेको लागि भन्दै लाखौ रुपैया खर्च गरेको छ । रकम भुक्तानीका लागि फर्जी कागज बनाई पालिकाले भुक्तानी दिएको स्रोतको दावी छ । पालिकको गलत नितिका कारण थुपै परिवारले पैसाका लागि नै उमेर नपुगेका स्कुले वालिकाहरुलाई बिहे गरेका थिए भने कन्यादान बापत पालिकाबाट रकम बुझेका थिए ।

यसरी गरिएको बिहेको चौतर्फी बिरोध भएपछि स्थानिय बुद्धिजिवी तथा पत्रकारहरु सो वारे लिखित रुपमै पालिकामा सूचना माग गरेका थिए । तर सूचना माग गरिएको महिनौ बिति सक्दा समेत पालिकाले दिन आलटाल गर्दै आएको छ । नेपालको सूचना सम्बन्धि हकको ऐन अनुसार बढीमा १५ दिन भित्र माग गरिएको सूचना पालिकाले दिनु पर्ने हो । तर दर्ता समेत भएको पत्रको जवाफ अहिले सम्म पालिकाले नदिएको सूचना मांग कर्ताको भनाई छ ।

सूचना मांग गरिएको ४ महिना बिति सक्दा समेत सूचना नदिनुले सो योजनामा चरम भ्रष्टाचार भएको हुन सक्ने सहजै अनुमान लगाउन सकिन्छ । सूचना मांग गरिएको पत्रमा छिपहरमाई गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार रौनियारले हस्ताक्षर गरेका थिए । उनले सूचना दिन पत्र पठाएको शाखाले भने विगत ४ महिनादेखि सूचना दिन आलटाल गर्दै आएका छन् । स्रोतका अनुसार भ्रष्टाचारको पोल खुल्ने डरले गापा अध्यक्ष मनोज गुप्ताकै निर्देशनमा प्रमुख प्रशासकी अधिकृत चौनियारले नै सूचना दिन नचाहेको हो ।

सूचना मांग गरिएको बारे पटक पटक ताकेता गर्दा प्रमुख प्रशासकीय अधिकृत चौनियारले कर्मचारीहरुले नै नटेरेको बताउँदै आएका छन् । ४ महिनामा सानो सूचना समेत दिन नसक्ने पालिकाले कस्तो काम गर्दो होला सहजै अनुमान लगाउन सकिन्छ । वालविवाह गर्ने गराउँने दुवैलाई कारवाही हुने कानुनी व्यवस्था छ । तर कन्यादान अनुदान राशीको नाममा बालविवाह गराउँने पालिका अध्यक्ष एवं कर्मचारीहरुलाई अहिलसम्म कार्वाही भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज