बिरगंज – पर्साको ग्रामिण भेगमा पर्ने बुढगाइ नाकाबाट रातिराती दुबै सुरक्षाकर्मी संगको सेटिङमा खुलेआम तस्करी भइरहेको प्रत्यक्षदर्शीहरुले बताएका छन्।
बुढगाइ नाकाबाट हुण्डी कारोबार देखी नेपाली मदिरा र भारतबाट ट्रेकटरको माध्यमले गेहु तस्करीको ठुलो लाईन चलेको खबर प्राप्त भएको छ । यस्तै भारतको सिमावर्ती सहर सिक्टा र पर्सोतिपुर बजारबाट खरिद गरेका शर्टिङ सुर्टिङको कपडा, कुर्ता सुरुवाल, भाडा कुडा, हार्डवेयरको पार्ट पुर्जा, ईलेक्ट्रोनिक्स पार्टपुर्जा, खाद्दान्य , सुर्तीजन्य पदार्थ लगायतका माल सामानहरु दुबै सुरक्षाकर्मीका स्थानीय युनिट इन्चार्जहरुलाई आर्थिक प्रलोभनमा पारी सहज रुपले नेपालतर्फ भित्रियाउने गरेका छन ।
गेहुको ओसार पसार गर्ने तस्करहरु संग प्रति ट्रेक्टर एक / एक हजारका दरले दुबै सुरक्षाकर्मीहरुले बुझेर लाईन दिएको एक तस्करले बताए । बुढगाईको नाका हुदै रातीको समयमा गेहुको एक दर्जन भन्दा बढि ट्रेक्टर दैनिक नेपालतर्फ भित्रीयाउने गरेको स्थानियले बताएका छन ।
बुढगाई नाकाबाट तस्करी उदेश्यले नेपालमा भित्रीयाउन लागेको गेहु लोडेड टेलारी दसगाजा क्षेत्रबाट शनिबार एसएसबीले नियन्त्रणमा लिएपछी तस्करी भईरहेको प्रमाणित भएको छ ।
सिमामा सशस्त्र प्रहरी र नेपाल प्रहरीको चेकपोस्ट हुदापनि तस्करहरुले सहज रुपमा अवैध मालसमान चोरी पैठारी गरीरहेको पाईएको छ ।
यस्तै भिस्वाबाट काठमाडौं जाने रात्री नाईट बसमा अबैध रूपमा भित्रीयाईएको भारतीय कपडा र बच्चाले पिउने पावडर दुध लगायतको विभिन्न समान् बसमा हालेर काठमाडौं पठाउने गरेका छन । केहि महिना अगाडि कपडा र दुध सशस्त्र प्रहरी भिस्वा बंजारीले पक्राउ गर्दा भिस्वाबाट चल्ने रात्री बसबाट तस्करीका समान काठमाडौं पठाउने गरेको पोल खुलेको थियो ।
बोर्डर नाकामा खटेका प्रहरीहरुले तस्कहरुको आर्थिक प्रलोभनमा परि देशको राजश्व चुहावट गर्नेहरु संग साठगाठ गरी आफनो संगठनको मर्यादा विपरित कार्य गर्ने यस्ता प्रहरीहरुलाई आवश्यक कार्यवाही गर्न जरुरी देखीएको छ ।
मधेश प्रदेश प्रहरीको ईन्चार्ज नेपाल प्रहरीका डिआईजी मसाउद आलम खा र सशस्त्र प्रहरीका डिआईजी गणेश ठाडा मगरले पर्सा जिल्लाको सिमावर्ती नाकाहरुबाट हुने गरेको चोरी तस्करी अवैध गतिबिधि नियन्त्रण गर्ने बताए पनि उनकै मातहत रहेका चौकी र शसस्त्र बिओपिका इन्चार्जहरुले सेटिङमै नाकाबाट व्यापक तस्करी गराईरहेकोले यसतर्फ पनि ध्यान दिन अति आवश्यक देखिएको छ ।