एमाले अध्यक्ष ओलीमाथि धनकुटामा मुक्का प्रहार, एक जना पक्राउ



विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा आक्रमण प्रयास भएको छ ।

मध्यपहाडी संकल्प यात्रा भोजपुरबाट धनकुटा प्रवेश गरेपछि महालक्ष्मी नगरपालिका ५ लेगुवामा ओलीमाथि मुक्का प्रहार भएको हो ।

फूलमाला र अविरले स्वागत गर्ने लाइनमा बसेका महालक्ष्मी–५ धनकुटाका महेश राईले ओलीमाथि मुक्का हानेका हुन् ।

आक्रमण गर्ने व्यक्ति राईको एउटा हात भने सुरक्षाकर्मीले समाएको देखिन्छ।

उनको आक्रमण लगत्तै एमाले कार्यकर्ताले ती व्यक्तिलाई कुटपिट गरेका थिए । प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज