आम ट्रेड यूनियन फेडरेशन नेपालको महासचिवमा तेज नारायण थारु चयन



काठमाडौं । आम जनता पार्टी निकट आम ट्रेड यूनियन फेडरेशन, नेपालको दोस्रो ऐतिहासिक राष्ट्रिय कार्यकर्ता भेलाबाट महासचिवमा तेज नारायण थारु सर्बसहमतिले चयन भएको छ ।

त्यस्तै अध्यक्षमा शिव थापा,सहअध्यक्षमा हरि थापा,
कोषाध्यक्षमा नानी मैयाँ र सचिबमा महेश चौधरी लगायत १०१ सदस्यीय नयाँ कार्यसमिति चयन भएका छन ।

शुक्रबार अनामनगरको तमु बौध सेवा सदनमाभएको भेलाबाट
“सामाजिक सुरक्षा, न्यूनतम वेतन कार्यान्वयन र नेपालको उद्योगमा विदेशी कामदारको सट्टा नेपालीलाई नै रोजगारीको व्यवस्था गर्नुपर्ने” मुल नारा एवं जोडदार माग सहित भएला सम्पन्न भएको थियो ।

उक्त भेलामा आम जनता पार्टीका वरिष्ठ उपाध्यक्ष तिलक थापा मगरले स्वदेशी उध्योगमा बिदेशी कामदार ल्याएर रोजगार दिने गरेको बताउदै यस विरुद्ध आम जनता पार्टी लाग्ने बताए।उनले देश भ्रष्टाचार र बेथितिको दलदलमा फसेको भन्दै यस्ता बेथिति बिसङ्गती भ्रस्टाचार अन्त्यको लागि पार्टीले सधै खबरदारी गर्दै आएको बताए।

यस्तै प्रमुख अतिथी पुर्ब मन्त्री साम्सद तथा पार्टी अध्यक्ष प्रभु साहले मुलुक भ्रष्टाचारीहरुले सिध्याइ सकेको भन्दै अब भ्रष्टाचारीलाई जनकारबाही गरिनुपर्ने बताए। साहले ललिता निबास प्रकरणको उदाहरण दिदै यो देशमा दलतन्त्र हाबी भएर भ्रष्टाचारलाई प्रोत्साहन गरेको बताए।अब यस्ता भ्रष्टाचार विरुद्ध आम जनता अगाडी आउन समेत उनले आग्रह गरे।

त्यस्तै भेलामा आईटी आर्मीका अध्यक्ष तथा आजपाका प्रवक्ता चन्द्रभुषण साह, रेणु साह, देवि पन्डित, पासाङ लामा र आजपाका उपमहासचिव अरुण घिसिङले मनत्वय व्यक्त गरेका थिए । उक्त भेलाको सभापतित्व आम ट्रेड युनियनका इन्चार्ज धन कुमारी मगरले गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज