मन्त्री यादवद्वारा कीर्तिपुरको सुन्दरीघाटस्थित इलेक्ट्रोमेकानिकल शाखाको अवलोकन



१८ असोज, काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले कीर्तिपुरको सुन्दरीघाटस्थित इलेक्ट्रोमेकानिकल शाखाको निरीक्षण गरेका छन् ।

हालै आएको बाढीले पुर्‍याएको क्षति पश्चात् त्यहाँको सरसफाइ र पुनर्स्थापनाको प्रगति बारे जानकारी लिन मन्त्री यादव शाखामा पुहेका हुन् ।

उनले सुन्दरीघाटस्थित इलेक्ट्रोमेकानिकल शाखाको अवलोकन गर्दै आवश्यक सबै कामहरू चाँडो र प्रभावकारी रूपमा अघि बढाउन निर्देशन दिएको जानकारी दिएका छन् । साथै त्यहाँको पानी प्रशोधन केन्द्र र आयोजना कार्यान्वयन निर्देशनालय (पीआइडी) को गोदामको पनि निरीक्षण गरेका छन् ।

हालै आएको अविरल बर्षका कारण काठमाडौँ उपत्यकाको खानेपानी वितरणको प्रभावित बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज