छपकैयाबाट तस्करीको ६ लाख बराबरको औषधी बरामद



वीरगंज । वीरगन्जबाट प्रहरीले ठूलो परिमाणमा तस्करीको औषधी बरामद गरेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १ छपकैया स्थित ईदगाह चोकबाट प्रहरीले भारतबाट तस्करी गरि ल्याइएको झण्डै ६ लाख रुपैया मुल्य बराबरको औषधी बरामद गरेको हो ।

बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले ईदगाह चोक स्थित सडकमा वेवारिसे अवस्थामा ५ लाख ८८ हजार रुपैया बराबरको आइभेट जेल क्याप्सुल बरामद गरेको प्रहरी उपरिक्षक रमेश बस्नेतले जानकारी दिए ।बरामद औषधी आवश्यक कारवाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज