समाजिक सेवामा सक्रियता बढाउँदै एनवी फाउण्डेशन



वीरगंज । एनबी फाउण्डेशन वीरगंजले ‘महमद डे’ को अवसरमा वीरगंजको नरायणी अस्पतालमा बिरामीहरुलाई जुस वितरण गरुेको छ । विभिन्न समाजिक काममा सक्रियता बढाउँदै एनवी फाउण्डेशन वीरगंजले विरामीहरुलाई जुसको साथै मेडिसिन समेत वितरण गरेको थियो ।

२०७८ सालमा स्थापना भएको यस संस्थाले शिक्षा, स्वास्थ्य, सरसफाई, महिला तथा बालबालिका लगायतको क्षेत्रमा काम गर्दै आएको छ । यस संस्था महिलाहरुलाई सिप बृद्धि विकासका लागि सिलाई कटाई, व्युटिसियन, मेहन्दी ट्रेनिङ्ग लगायत समाजमा विभिन्न किसिमका आर्थिक सहयोग, स्वास्थय उपचार जस्ता कार्यहरु सेवा दिदै आएको संस्थाकी अध्यक्ष प्रिति तिवारीले बताईन् । आगामी दिन पनि समाजिक क्षेत्रमा यस्तै सेवामुलक कामहरु गर्ने बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज