संस्कृतिविद् जोशीको निधनको शोकमा भोलि सार्वजनिक बिदा



काठमाडौं – सरकारले वाङ्मय शताब्दी पुरुष एवम् संस्कृतिविद् सत्यमोहन जोशीको निधनको शोकमा कात्तिक १ गते मंगलबार भोलि सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गर्दै मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका छन् ।

शताब्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा आइतबार बिहान निधन भएको थियो । उनको निधनको शोकमा देशभरका सरकारी कार्यालय, सार्वजनिक संघसंस्था र विदेशस्थित कूटनीतिक नियोगमा राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज