भन्सार छली ल्याइएका १० लाख बढीका मोबाइल, कस्मेटिक र स्याउ बरामद

न्यूज डेस्क
२०८३ आश्विन १९, सोमबार २०:५४ बजे

वीरगंज । पर्सा प्रहरीले भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका करिब १० लाख रुपैयाँ बराबरका मोबाइल, कस्मेटिक सामान तथा स्याउ बरामद गरेको छ।

प्रहरीका अनुसार असोज १८ गते बिहान करिब ९ः३० बजे वीरगंज महानगरपालिका–१४ स्थित गण्डक चोकबाट भारतबाट भन्सार छली ल्याइएका एप्पल कम्पनीका आईफोन–१७ का ३ थान र आईफोन–१५ को १ थान बरामद गरिएको हो। बरामद मोबाइलको मूल्य ५ लाख ५२ हजार २ सय १० रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

त्यसैगरी, सोही दिन साँझ करिब ६ः३० बजे वीरगंज महानगरपालिका–१६ स्थित रजतजयन्ती चोकबाट भन्सार छली ल्याउँदै गरेको कस्मेटिक सामान तथा स्याउ बरामद गरिएको प्रहरीले जनाएको छ। उक्त सामानको अनुमानित मूल्य ४ लाख ५४ हजार ५ सय ५० रुपैयाँ रहेको छ।

दुवै स्थानबाट बरामद मोबाइल, कस्मेटिक सामान र स्याउ गरी कुल १० लाख ६ हजार ७ सय ६० रुपैयाँ बराबरको सामान आवश्यक कारबाहीका लागि असोज १९ गते वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रहरी नायव उपरीक्षक तथा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता/सूचना अधिकारी चक्रबहादुर मल्लले बरामद सामान भन्सार कार्यालयमा बुझाइएको जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

न्यूज डेस्क

न्यूज डेस्क

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्