अपडेट 
प्रचलित कानूनबाहेकका सुरक्षाकर्मी तत्काल फिर्ता बोलाउनु : गृह मन्त्रालय | सशस्त्र र प्रहरीको सेटिङमा धनुषामा तस्करी | नेरुडे लघुवित्त सँस्था लिमिटेड : सम्झौता कार्यान्वयन नगरि उल्टै कर्मचारीमाथि दमन गर्दा ६ सय कर्मचारीहरु विचल्लीमा | भारतको बसन्तपुरमा आगो सल्काउँदा पर्साको भलुवहीयाँमा २ घरसहित कुखुरा फर्म र १० बिघा गँहु बाली जलेर सखाप | छिपहरमाईमा लक्ष्मी नारायण महायज्ञको जलयात्रा | उल्टो झण्डा झुन्डाउने यीनै हुन् मुख्यमन्त्री | ट्यांकरको ठक्करबाट प्रहरी जवान परियारको मृत्यु | छिपहरमाईमा रास्वपाको होली मिलन कार्यक्रम | अश्लिल भिडियो बनाएको आरोपमा छिपहरमाईबाट अहमद पक्राउ | महोत्तरीमा नयाँ एसपी गएलगत्तै घुसकाण्ड |
२०७९ भाद्र ४, शनिबार ०३:११ बजे

 

काठमाडौं । शिखर छहारी सास्कृतिक कला केन्द्रद्वारा आयोजित हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजको पावन अवसरमा “चौथो उपत्यकाब्यापी बिबाहित महिलाहरुको समुहगत तिज नृत्य प्रतियोगिता – २०७९ को प्रथम उपाधि सप्तरङ्गि डान्स स्टुडियोले हात पारेका छन् । यहि भदौ ३ गते गोकर्णेश्वर नगरपालिकामा अबस्थित हिम्स स्कुलको हलमा भएको उक्त प्रतियोगितामा आनन्द गणेश महिला समुहले दोस्रो स्थान हासिल गरे भने रिम्स स्कुल तेस्रो भए।त्यस्तै सान्त्वना पुरस्कार क्रमशः चामुण्डा मा.बि. र टाइम लाइन स्कुलले प्राप्त गरेका छन् । प्रथम , दोस्रो र तृतीय हुने समूहले क्रमशः नगद २० हजार,१५ हजार,१० हजार सहित सिल्ड,प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै सान्त्वना पुरस्कार हासिल गर्नेले नगद ५ हजार सहित सिल्ड प्रमाणपत्र प्राप्त गरे। बिजेता सम्पुर्ण टिमहरुलाई गोकर्णेश्वर नगरप्रमुख दिपक रिसाल,उपप्रमुख सान्नानि लामा लगायत जय मल्टिपल कलेजका प्रीन्सिपल भवानी पौडेल , शिखर छहारी सास्कृतिक कला केन्द्रका अध्यक्ष कल्पना राजचल लगायतले पुरस्कार बितरण गरेका थिए। प्रतियोगितामा २५ समुहले सहभागीता जनाएका थिए। उक्त प्रतियोगिता कार्यक्रममा बोल्दै प्रमुख अतिथि सङ्घिय साम्सद कृष्ण राईले काठमाडौं क्षेत्र नं. ३ मा शिखर छहारी सास्कृतिक कला केन्द्रले आफ्नो मौलिक कला,सस्कृति बचाउन यस्ता कार्यक्रम गरेर एक उदाहरणिय कार्य गरेको भन्दै प्रसम्सा गरे।साम्सद राईले नगरपालिकाले अन्य बिकास निर्माण झै यस्ता आफ्ना मौलिक कला, सस्कृति जोगाउने सस्थाहरुलाई समेत हेर्नुपर्ने औल्याए।बिशेष अतिथि गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक रिसालले तिजको नाममा बिकृति नल्याउन आग्रह गर्दै यस कला केन्द्रले राम्रो कार्य गरेको भन्दै आगामी दिनमा समेत नगरपालिका बाट सहयोग दिइने बताए। त्यस्तै अर्का बिशेष अतिथि गोकर्णेश्वर नगपालिकाकि उपमेयर सान्नानि लामाले यस कला केन्द्रले लामो समयदेखि कला सस्कृतिको क्षेत्रमा उल्लेखनीय कार्य गरिरहेको भन्दै नगरपालिकाले सहयोग गरेको बताइन् ।कार्यक्रममा बोल्ने अधिकाङ्स बक्ताहरुले शिखर छहारी सास्कृतिक कला केन्द्रले साच्चिकै आफ्नो मौलिक लोक कला सस्कृतिको जगेर्ना गरेको भन्दै यस्ता प्रतियोगिताले घरभित्र चुलो चौका गर्ने दिदिबहिनीहरुको कलालाई समेत बाहिर ल्याउन सहयोग पुगेको प्रस्टाए।कार्यक्रममा छहारी युवा क्लबका निबर्तमान अध्यक्ष कुमार श्रेष्ठ , जय मल्टिपल कलेजका प्रीन्सिपल भवानी पौडेल लगायतले बोलेका थिए।प्रतियोगिता उद्घाटनको स्वागत मन्तव्य यसै शिखर छहारी कला केन्द्रका उपाध्यक्ष प्रेमलाल श्रेष्ठले गरेका थिए भने यस प्रतियोगिता कार्यक्रमको सम्योजकको काम महेश थापा र केशब कोइराले गरेका थिए। हजारौं दर्शकहरुको उपस्थिति रहेको उक्त प्रतियोगिताको अध्यक्षता यसै कला केन्द्रकि अध्यक्ष कल्पना राजचलले गरेकि थिइन् ।यस प्रतियोगिताको प्रायोजन गोकर्णेश्वर नगरपालिकाले गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय