कृष्णाष्टमीमा बोलाईएको प्रिति पासवान र निरुता साहको कार्यक्रम रद्द



वीरगंज। कृष्ण जन्माष्टमीको अवसरमा मधेशको विभिन्न ठाउँमा मगाइएको नृत्याँगना प्रिति पासवान, निरुता साहको कार्यक्रम धमाधम रद्द भएको छ ।

सोही क्रममा सर्लाहीको बरहथवामा सोमबारदेखि आयोजना हुने श्री कृष्ण जन्माष्टमी महोत्सवमा नृत्याँगना प्रीति पासवान र निरुता साहको सट्टा रद्द भएको छ ।

हिन्दु धर्ममाथि विवादित बयान दिएकोले महोत्सवमा उनीहरुलाई नबोलाउन हिन्दु सम्राट सेनाले चेतावनी दिएपछि ऊनीहरुको सट्टा रद्द भएको हो ।

हिन्दु सम्राट सेना सर्लाहीका अध्यक्ष कृष्ण यादवले सो सट्टा रद्द गराएको हो । प्रशासनको सहयोगमा उनीहरुको कार्यक्रम रद्द गराएको हो ।

“बिदेशमा कार्यक्रम गर्न गएको बेला नृत्याँगना प्रीति पासवान र निरुता साहले हिन्दु धर्मप्रति विवादित टिप्पणी गरेका छन्, हिन्दुहरुलाई गालीगलौज गरेका छन् । बरहथवाको महोत्सवमा उनीहरुलाई नल्याउन हामीले आयोजकलाई चेतावनी दिएका छौँ, यदि मानेनन् भने हामी प्रतिकार गर्नेर्छौ।’- यादवले भने ।

हिन्दु सम्राट सेनाले सर्लाहीसहित विभिन्न जिल्लाका प्रशासनलाई सँस्कृति कार्यक्रमको नाममा ओरकेष्ट्रा नचाउन नदिने ज्ञापन पत्रसमेत बुझाएको उनले बताए ।

महोत्सवका अध्यक्ष अजय लामाले हिन्दु सम्राट सेनाले दिएको चेतावनीमाथि दुखेसो पोखेका छन् । उनले भने, -‘हिन्दु सम्राट सेनाले यस्तो कुरा पहिल्यै भन्नुपर्ने थियो । हामीले लगभग १५ दिनदेखि महोत्सवमा यी कलाकारहरु पनि आउने भनी प्रचार गराइरहेका छौँ । तर, यतिका देनदेखि केही भनेनन्, हिजो आइतबार डाइरेक्ट फोन गरेर भन्छन् उनीहरुलाई नल्यानु भनेर।’

हिन्दु सम्राट सेनाको चेतावनीपछि उनीहरुलाई महोत्सवमा ल्याउन प्रशासनले आदेश नदिएपछि उनीहरुको सट्टा रद्द गर्नुपरेको उनले बताए ।

उनका अनुसार प्रीति, निरुता र मनि मिराजको सट्टा रद्द भएपनि (भदौ १० गते) आज देखि भदौ २३ गतेसम्म आयोजना हुने महोत्सवमा आउने भनिएका अन्य कलाकारहरु भने आउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज