२०७८ असार ३०, बुधबार १५:३५ बजे

सन्नी गुप्ता

सिम्रौनगढ,बारा

पहिलै देखि भन्दै आएको छु र आज पनी भन्दै छु । संविधान हरेक एक एक जनताको अनुरुप बनेको भए आज यो दिन देख्नु पर्दैन थयो । यहाँ संविधान लालच र स्वार्थ का निम्ति बनाएको कहिलै पनि ग्रन्थ हुन सक्दैन त्यो रद्दी किताब मात्र हुन सक्छ । फेरि पनि भन्दै छु त्रुटिपूर्ण संविधान सच्याउने बेला भैसकेको छ ।

सर्बोच्च अदालत ले गरेको फैसला ले युद्ध सकेको छैन बरु उल्टो खेल अब सुरु भएको छ । यो कुराको अनुभुती सर्बोच्च लाई पनि चाडै हुनेछ ।

सर्बोच्चले गरेको निर्णय लाई पनि जनादेश बाट बनेको प्रधानमन्त्री के.पि शर्मा ओलीलि ज्यु ले स्वागत गर्दै अपनाउनु भयो यो उवाह को स्वाभाव हो । तर सर्बोच्च लाई भन्न चाह्न्छु देश जनादेश ले चल्छ प्रमादेशले चल्दैन । अहिले सम्म नेपाली जनताले जनादेश बाट चलेको देश देखेको छ । अब प्रमादेश बाट बनाएको प्रधानमन्त्री लाई पनि देखनेछ ।

सर्बोच्च अदालतको न्यायाधीशहरु लाई भन्न चाह्न्छु नेपाली जनताले राजा लाई फाल्ना बेर लागेन जब कि राजाको पिडी चन्ले चलन थियो । तपाईंहरु राजनीति गर्न बन्द गर्नुस ।

म कम्रेड प्रचन्ड लाई सोध्न चाह्न्छु जनयुद्ध र जनान्दोल्न गराउन भयो यस्तै दिनको लागि हो ? यदि कांग्रेस लाई समर्पण नै गर्नु थियो भने यत्रो लाई बिध्वा र अनाथ आफ्नो स्वार्थ का निम्ति किन बनाउनु भयो ।

“पाप धुरी बाट कराउछ” कम्रेड समय ले तपाईं लाई धेरै पटक सिकायो तर सिक्नु भएन अब सिक्नै पर्ने दिन पनि चाडै आउदैछ । मदेस बाट त्यत्रो तदातमा आम जनता ले जनयुद्धमा साथ ,सहयोग र आहुती दिएको लाई कम्रेड तपाईं ले लत्याउनु भयो ।

संविधान बनने बेला पुरै मदेश आगोको ललाह्ट मा जल्दै थियो तै पनि यो खिचडी संविधान लागू ग्राउनु भयो । यो कुरा लाई मदेशले बिर्सेको छैन याद राखेको छ ।

आफू र जन्ता ले दिएको जनादेश लाई राजाको खुट्टामा लगेर चढाएको त्यही कांग्रेस पार्टी र प्रधानमन्त्री शेर बहादुर देउवा ज्यु होइन ? आफु संग देश चलाउने छ्म्ता छैन सिद्ध गरेको बेयक्तीले के अब देश चलाउन सक्छ ?

अनि कसरी र के गरि न्यायाधीश ले शेर बहादुर देउवा लाई प्रधानमन्त्री बनाएको होला? वाहा को कर्याकर्ता लाई त वाहा ले बोलेको कुरा बुझ्न गह्रौ हुन्छ भने पछि आम जन्ता लाई बुझ्न कति गह्रौ होला ? हाम्रो पुर्वजले भनेको छ जस संग जिब्रो सानो हुन्छ अथवा जिब्रो हुदैन उसले बोलेको भर हुँदैन ।

त्यसैले अहिलेको मौजूदा व्यवस्थामा अल्पकालीन समाधानका लागी सार्वभौम सत्ता सम्पन्न आम नेपाली जनतामाथि विश्वास गरी ताजा जनादेशमा जाऔं अथवा, मुख्य जडको रुपमा क्रियाशील विकृत, खिचड़ी, भद्दा एवं दलाल पुँजीवादी संसदीय दुर्गुण सहितको व्यवस्थासंग कुनैपनि बहानामा सती जानुको सट्टा ५ वर्षभन्दा बढीको ताजा अनुभवहरुको गम्भीर समिक्षा गरी देश र जनताको हितलाई सर्वोपरि केन्द्रमा राखी मौजूदा व्यवस्थाको समयसापेक्ष आवश्यक संसोधन / परिमार्जन / पुर्न:लेखन गरी समाजवादी नयाँ व्यवस्थाको स्थापनाको पथमा सबैजना अग्रसर हुनु नै बुद्धिमत्तापूर्ण कार्य हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय