मलेठ घटनाको ६ बर्षपछि एमाले अध्यक्ष ओली सप्तरीमा



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मलेठ घटनाको ६ बर्षपछि सप्तरी पुगेका छन् ।

शनिबार जिल्लाको कंचनरुप नगरपालिकामा आयोजना गरिएको आमसभालाई सम्बोधन गर्न ओली यहाँ आएका हुन् ।



यसअघि २३ फागुन २०७३ मा एमालेको मेची महाकाली अभियान अन्तर्गतको कार्यक्रमका लागि ओली सप्तरी आएका थिए ।



मलेठस्थित औद्योगिक क्षेत्रमा एमालेले अभियानको कार्यक्रम गर्न खोज्दा तत्कालिन मधेशी मोर्चाले अवरोध गरेको थियो ।

एमाले र मधेशी मोर्चाका कार्यकर्ताबीचको सम्भावित झडप रोक्न खटिएको प्रहरीले गोली चलाउँदा ५ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज