कृषि विकास बैंकको कार्यालय सहायकमा ४८ जना माग, लिखितमा १४ जना मात्रै पास



काठमाडौं – १६ असोज। कृषि विकास बैंक लिमिटेडको कार्यालय सहायक पदको लिखित परीक्षामा २९.१६ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् ।

लोक सेवा आयोग सुरक्षा निकाय तथा संगठित संस्था महाशाखाको लिखित परीक्षा नतिजा प्रकाशन शाखाका अनुसार ४८ पदका लागि १८४ जना सहभागी थिए ।

आयोगले शुक्रबार जारी गरेको नतिजा अनुसार १४ जना मात्रै लिखित परीक्षामा उत्तीर्ण भएका छन् । अन्तर्वार्ताका लागि सम्बन्धित निकायमा सम्पर्क राख्न लोक सेवा आयोगले भनेको छ ।

हेर्नुहोस् लिखित परीक्षाको नतिजा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज