बाराबाट २० केजी चरेशसहित तिन जना पक्राउ।



बारा – २१ असोज । लागूऔषध चरेशसहित बाराबाट तीन जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

पचरौता नगरपालिका–७ बेनौली स्थित शुक्रबार चेकजाँच गर्ने क्रममा नेपालबाट भारततर्फ लेजादै गरेको ना. १ ह – ६२३४ नम्बरको अटोबाट २ वटा ग्यालेनमा लुकाई छिपाई राखिएको २० किलो चरेश सहित तीन जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्सा जिल्लाको बिरगंज महानगरपालिका – १९ नगवा बस्ने ३० वर्षिय मुकेश श्रीवास्तव  , बिरगंज महानगरपालिका – २ छपकैया  बस्ने १६ वर्षिय मुस्तफा देवान र अटो चलाक बारा जिल्लाको गढीमाई नगरपालिका – १ बस्ने ३७  वर्षिय मुस्ताज देवान रहेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बेनौलीबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको मधेस प्रदेशको छिन्नमस्ता बाहिनीका डिआइजी गणेश ठाडा मगरले बताउनुभयो ।

लागूऔषध चरेशसहित पक्राउ परेका तिनै जनालाई आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाउने प्रकृयामा रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज