सशस्त्र प्रहरी लहावरथकरी द्वारा घरेलु मदिरा नष्ट ।



बिरगंज – सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट लहावरथकरी पर्साले घरेलु मदिरा बरामद गरि मंगलबार बिहान नष्ट गरेको छ।

लहावरथकरी बोर्डर आउट पोष्ट बाट खटिएको आइडी नं ५४२५ का श्यामानन्द चमारको कमाण्ड मा ५ जनाको गस्ती टोलिले पकहामैनपुर वडा नं – ५ सबैठवा स्थित सिमा ईलाकामा नेपालबाट अबैध रूपमा एउटा साईकलमा राखि भारततर्फ लैजादै गरेको अन्दाजी रु. ७ हजार ५ सय मुल्य बराबरको प्रतिबन्धित घरेलु मदिरा बरामद गरि नस्ट  गरिएको सशस्त्र प्रहरी लहावरथकरीले जनाएकाे छ ।

बोरामा पयाक गरी साईकलमा राखेर ल्याउदै गरेको अन्दाजी ५० लिटर प्रतिबन्धित घरेलु मदिरा सशस्त्र प्रहरीलाई देख्न साथ बोरा सहित मदिरा फालि साईकल लिई फरार भएका थिए।

उक्त बरामद गरिएको प्रतिबन्धित घरेलु मदिरालाई स्थानीय जनप्रतिनिधि वडाध्यक्ष ढेड़ी प्रसाद यादव,नेपाल प्रहरी , पत्रकार लगायतको रोहबरमा बिओपी बाट १५ मिटर उतर तर्फ पेरोमिटर भित्र रहेको खाली जमिनमा खाडल खनी खाडलमा पोखी नष्ट गरिएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट लहावरथकरी पर्साले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज