नेपाल प्रहरीको प्रवक्तामा कुवेर कडायत



काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता फेरिएका छन् । प्रहरी प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक कुवेर कडायतलाई केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिएको हो ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई सञ्चारमाध्यममा सम्प्रेषण गर्नका लागि कडायतलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनी प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन् । यसअघि पनि कडायत प्रहरी वरिष्ठ उपरीक्षक हुँदा प्रवक्ताको भूमिकामा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज