२०८० बैशाख २०, बुधबार १४:२० बजे

काठमाडौं । ‘अन दी स्पट’ कारबाहीको अधिकारसहित प्रहरी प्रधान कार्यालयले चार एआइजीलाई अनुगमनमा खटाएको छ । प्रहरी मिलेमतोमै सीमा नाकाबाट तस्करी भइरहेको सूचनाका आधारमा अनुगमन गरी कारबाही गर्ने अधिकारसहित टोली खटिएको हो ।

कोशीमा टेकप्रसाद राई, मधेसमा मीरा चौधरी, लुम्बिनीमा टेकबहादुर तामाङ र सुदुरपश्चिममा सुदीप गिरी खटिएका छन् । सो टोलीलाई सीमा नाकाम हुने पुलिसिङको बिशेष अनुगमन गर्ने जिम्मेवारी छ । कतै कमजोरी देखिएमा तत्कालै प्रहरीहरु कारबाहीमा पर्नेछन् ।

तराईका जिल्लामा प्रहरीकै मिलेमतोमा तस्करी भइरहेको सूचनाका आधारमा प्रहरी प्रधान कार्यालयले एआइजीलाई नै अनुगमनमा खटाएको हो । तराईका मुख्य जिल्लामा गैर व्यवसायिक आचरण भएका जिल्ला इन्चार्ज भएकाले पनि तस्करी रोकिन नसकेको हो । तस्करी नरोकिदा भन्सार राजश्व कम भएको भन्दै अर्थ मन्त्रालयले प्रहरीमाथि दोष लगाएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले सक्रियता बढाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय