रौतहटमा तस्करी फस्टायो, लाखौंको अबैध सामान बरामद



रौतहट – ६ जेठ । जिल्लाको राजदेवी नगरपालिका ८ स्थित काँटाचोकबाट सशस्त्र प्रहरीले करीव १ लाख १७ हजार रुपैयाँ बराबरको मदिरा बरामद गरेको छ ।

साइकलमा राखि अबैध रुपमा नेपालबाट भारततर्फ लैजाँदै गरेको उल्लेखित मुल्य बराबरको १ सय २० कार्टुन मदिरा नम्बर ११ गण रौतहटले बरामद गरेको हो ।

यसैगरी सोही जिल्लाको राजपुर नगरपालिका ६ कुडिया स्थित पानी ट्याङ्की नजिकबाट सशस्त्र प्रहरीले करीव ४ लाख ६३ हजार ६ सय रुपैयाँ बराबरको मलखाद बरामद गरेको छ ।

सोही ठाउँको स्थानीयले संचालन गरेको पसलमा अबैध रुपले भण्डारण गरी राखेको उल्लेखित मुल्यको ४ सय ६६ बोरा मलखाद नम्बर ११ गण रौतहटले बरामद गरेको हो । बरामद सामान आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज