अपडेट 
सशस्त्र र नेपाल प्रहरीको मिलोमतोमा इनर्वागाउँ नाकाबाट तस्करी। | बारामा पूर्वसशस्त्र प्रहरी जवानको हत्या, नेपाल र भारतका गरी चारजना पक्राउ | चाडबाड लक्षित सुरक्षा योजना बनाएर लागू गर्न प्रहरीको सर्कुलर | प्रहरीकै संरक्षणमा इटहर्वा नाकाबाट तस्करी : तस्करहरुको अखाडा | दुई महिनामा २ खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | भारतीय नामुदत राँगाभैंसी तस्कर महादेवको लाईन चालु। | सर्लाहीमा तस्करसँग रकम उठाउन हानथाप | प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | धनुषाको इटहर्वा नाकामा असई पटेल र घुमुवा पाण्डेले तस्कर लाईनसहित चोरीको बाईक गराउँछन पार |
२०८० जेष्ठ १२, शुक्रबार १३:१३ बजे

वीरगंज – १२ जेठ । पर्साको कालिकामाईबाट ठुलो परिमाणमा लागूऔषध चरेस सहित एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कालिकामाई -१ मुडली टोल बस्ने प्रेम पासवानको छोरा अन्दाजी वर्ष २१ को अनिल पासवान रहेको प्रहरीले जनाएको छ ।

फुलवरिया देखि मुरलीगाउँ तर्फ उतर दक्षिण नहरको बाटो लागु औषध ओसार पसार हुँदैछ भनि विशेष सूचनाको अधारमा प्रहरी चौकी आसवारी र ईलाका प्रहरी कार्यालय पोखरियाबाट प्रहरी निरीक्षक मोहन बिक्रम केसीको कमान्डमा खटिएको सयुक्त टोलीले पर्साको कालिकामाई -१ स्थित फुलवरिया देखि मुरली तर्फ आउन जान नहर सडक खण्डमा पुग्दा पासवानले पछाडी कालो रंगको झोला भिडी उतरबाट दक्षिणतर्फ BR 22 AT 8498 नम्बरको पलाटिना मोटरसाईकल चलाई आइरहेको निजमाथि सकसन्का लागी चेकजाच गर्दा उनले बोकेको कालो झोलाबाट ५०० ग्रामको २० पकेट प्लाष्टिकमा बेरिएको १० किलो लागू औषध चरेस सहित पासवानलाई पक्राउ गरेको पर्सा प्रहरी प्रवक्ता डिएसपी दिपक गिरिले जानकारी दिए ।

चरेससहित पक्राउ परेका पासवानलाई ईप्रका पोखरियामा राखेर थप अनुसन्धान भइरहेको गिरिले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय