अपडेट 
सशस्त्र र नेपाल प्रहरीको मिलोमतोमा इनर्वागाउँ नाकाबाट तस्करी। | बारामा पूर्वसशस्त्र प्रहरी जवानको हत्या, नेपाल र भारतका गरी चारजना पक्राउ | चाडबाड लक्षित सुरक्षा योजना बनाएर लागू गर्न प्रहरीको सर्कुलर | प्रहरीकै संरक्षणमा इटहर्वा नाकाबाट तस्करी : तस्करहरुको अखाडा | दुई महिनामा २ खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | भारतीय नामुदत राँगाभैंसी तस्कर महादेवको लाईन चालु। | सर्लाहीमा तस्करसँग रकम उठाउन हानथाप | प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | धनुषाको इटहर्वा नाकामा असई पटेल र घुमुवा पाण्डेले तस्कर लाईनसहित चोरीको बाईक गराउँछन पार |
२०८० जेष्ठ १६, मंगलवार १७:५८ बजे

काठमाडौं, जेठ १६ः नेपाल प्रहरीमा रिक्त ४४ प्रहरी निरीक्षकको बढुवा पेचिलो बनिरहेका बेला प्रहरी उपरीक्षक र प्रहरी नायव उपरीक्षकको सरुवा चर्चा चलेपछि चलखेल बढ्न थालेको छ ।

४४ निरीक्षक बनाउनु पर्नेमा १ सय ४४ प्रतिष्पर्धी भएपछि बढुवा गर्न फलामको चिउरा चपाए झैं भएपनि जति ढिला गर्यो त्यति आर्थिक चलखेल हुने कुरालाई प्रहरी नेतृत्वले बुझ्न जरुरी छ ।

विगतमा मालदार ठाउँमा बसेर काम भन्दा दाम राम्रो सँग मारेका प्रहरी निरीक्षक बिचौलीया मार्फत थैलीभेटी बोकेर शक्तिकेन्द्र धाउँदै हिडेका छन् ।

प्रहरी नेतृत्वले यस पटक कार्य सम्पादन र कार्य क्षमता लगायत कृयाशिलतालाई हेरेर न्याय नगरे काम गर्ने प्रहरी निरीक्षक जुन जोगी आएपनि कानै चिरेको भन्ने कहानी सम्झन बाध्य हुने छन् ।

एकातिर प्रहरी नायव उपरीक्षक बढुवाको जति चर्चा छ त्यति नै चर्चा विभिन्न जिल्लाका इन्चार्ज र प्रहरी नायव उपरीक्षकको सरुवा हुने कुराले पाएको छ । दश महिना पुगेका केही जिल्लाका प्रहरी उपरीक्षकको सरुवाको चर्चा सँगै जिल्ला कमाण्डर बन्नका लागि केही प्रहरी उपरीक्षक शक्तिकेन्द्र धाउन र नाता सम्बन्ध गाँस्न थालेका छन् ।

दश महिना पुगेका प्रहरी उपरीक्षकमा रौतहट बीरबहादुर बुढा, कास्की अजय केसी, उदयपुर ज्ञानेन्द्र फुयाल, नुवाकोट रमेश पंडित, बारा होबिन्द्र बोगटी, मकवानपुर बामदेव गौतम, कपिलवस्तु प्रेम बस्नेत, इलाम दिलिप घिमिरे र सुनसरी प्रभु ढकाल रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय