
जनकपुरधाम । ईलाका प्रहरी कार्यालय सबैला धनुषाका इन्चार्ज प्रहरी निरीक्षक (ईन्सपेक्टर) रामकृष्ण देवकोटाले असुली गर्न विभिन्न हतकण्डा अपनाउन थालेको खुलेको छ ।
ईलाका प्रहरी कार्यालय सबैलका घुमुवा मार्फत ईन्सपेक्टर देवकोटाले गहन मुद्दालाई समेत हलुका बनाएर मोटो रकम बार्गेनिँग गर्ने गरेको खुलासा भएको छ । यस्ता घुसखोर मान्सिक्ता बोकेका प्रहरीलाई छानबिन गरि बिभागले कार्वाही गर्छन् त ।
केही दिन अगाडी तिनकोरीयाबाट एक मोटरसाईकल चोरी भएको घटनामा चोरलाई अभद्र व्यवहारको मुद्दा लगाएर उन्मुक्ति दिएको पाईएको छ । मोटरसाईकल चोरलाई चोरीको मुद्दा लगाउनुको साटो साधारण अभद्र व्यवहारको मुद्दा लगाएर उन्मुक्ति दिएको पाईएको छ ।
बिरेन्द्रबजार देखि महिनाथपुर सडक खण्डमा पर्ने यो घटना गत जेठ १२ गते ४ः१५ बजेको समयमा सबैला नगरपालिका वडा नम्बर १० अन्तर्गत सिमराढीमा ट्राफिक प्रहरी चेकजाँच गर्दै थिए । प्रदेश २–०२–००६ २६०७ नम्बरको उक्त मोटरसाइकल कागजात चेकजाँच क्रममा चोरी गरेको भन्दै काशिन्द्र पासवान पक्राउ पर्यो। ट्राफिक प्रहरी जवानले इलाका प्रहरी कार्यलय सबैलामा तुरुन्तै खवर गरेर मोटरसाईकलसहित पासवानलाई समेत लग्यो ।
ट्राफिक प्रहरी जवानले माथिल्लो निकायमा पनि कागजात तयारी पारेर पठाएको छ । तर, ईलाका प्रहरी कार्यलय सबैलाका ईन्स्पेक्टर देवकोटाले चोरी आरोपमा पक्राउ परेका पासवानमाथी अभद्र व्यबहारको मुद्दा चलाएर थुनामा राखेका छन् । चोरी आरोपमा पक्राउ परेकालाई इन्स्पेक्टर आँफै जोगाउन लागेको रहस्य खुलेको छ ।
चोरी गरेको भन्दै रंगेहात पक्राउ परेका पासवान धनुषाको बिदेह नगरपालिका वडा नम्बर ५ बस्ने हठीपुरका बासिन्दा रहेको छ । उनलाई पक्राउ पछि सबैलाका इन्स्पेक्टर रामकृष्ण देवकोटाको कमान्डमा खटेका प्रहरीलाई निर्देशन दिएर अभद्रव्यबहार मुद्दामा तुरुन्तै परिणत गरिएको छ ।
सबैलाका इन्स्पेक्टर यस्ता कार्य पहिलादेखि नै गर्दै आएको हो घटना बाहिरिएका थिएनन् । इन्स्पेक्टर आफै प्रहरी पोसुवा पालेका हुन एक घुमुवाको रुपमा परिचालन गरेका बिधान्नद यादव रहेका ईलाका प्रहरी सबैलाका सबै घटनामा हात रहेको स्रोतको दाबी रहेको बताए । यादवले निवेदनदेखि पन्चायतसम्म मिलाउने घटना वा ब्यापारीसंग पैसा असुल्ने गरेको स्रोतको दाबी रहेको छ । निवेदन दिएका पिडीतसंग पक्राउ गर्ने वापतका लागि पैसा माग्ने गरेको नाम नखोल्ने शर्तमा एक व्यापारीले बताए ।
ईलाका प्रहरी कार्यलय सबैलाका ईन्स्पेक्टर देवकोटाले घुमुवा विद्यानन्द यादवलाई चलाईरहेका छन् । घटना मिलापत्र गराउन पैसाको चहलखेल गरिदै आएका छन । मोटरसाइकल धनी धनुषाको हँसपुर नगरपालिका वडा नम्बर ६ मोरहाका बासिन्दा हलिमा खातुनको नाममा रहेको छ ।
चेकिँगमा रहेका ट्राफिक प्रहरीले समेत चोरीको मोटरसाईकलको उजुरी गरेको प्रतिक्रिया दिएका छन् । पासवानसँग बिलबुक, लाईसेन्स केही नभएको अवस्थामा सो मोटरसाईकल चोरीको फेला पारी उजुरी गरिएको थियो ।
यता, सबैलाका ईन्सपेक्टर देवकोटाले त्यस्तो केही पनि नरहेको प्रतिक्रिया दिएका छन् । उनले ट्राफिकसँग अभद्र व्यवहार गरेपछि उनलाई अभद्र व्यवहारको मुद्दा चलाएको बताए । यद्यपी, ट्राफिकले भने आफूसँग कुनै अभद्र व्यवहार नभएको दाबी गर्दै मोसा चोरीको मात्र उजुरी गरेको बताएका छन् ।
सो चोरी भएका मोटरसाईकलको रिपोर्ट प्रहरीमा लेखाएर फेला परेपछि मोसा धनीले आफ्नो गाडी समेत लिएर गएका छन् । काशिन्द्र पासवानलाई अझै ईलाका प्रहरी कार्यालयले हिरासतमा राखेका छन् ।