कानु समाज नेपालको पहिलो बैठक सम्पन्न



वीरगञ्ज २ अषाढ

ज बीरगंज स्थित शिवपार्वती अतिथि सदन घडिअर्वा, अशोक वाटिकामा कानु समाज नेपाल पर्साको बैठक सम्पन्न भएको छ ।

बैठकबाट विभिन्न बुँदाहरुमा छलफल गरिएको छ जसमा सल्लाहकार समितिमा समाजका पुर्व अध्यक्षमा रामबाबु प्रसाद साह, भरत साह कानु, अकिलेश साह कानु, प्रभेन्द्र साह कानु लाई सल्लाहकारमा मनोनित गरिएको छ भने जिराभवानी गाँउपालिकाका कृष्ण मोहन साहलाई र छिपहरमाई गाउँपालिकाका रामेश्वर साह कानुलाई सदस्यमा मनोयन गरिएको छ ।

भने बीरगंज महानगरपालिकाको नगर अधिवेशन तयारी कमिटि सोनालाल गुप्ताको संयोजक्तवमा ११ सदस्यीय समिति गठन गरिएको छ ।

सदस्यमा वडा नं. ४ का जगत साह कानु वडाअध्यक्ष , सदस्यमा वडा नं. १२ का वडाअध्यक्ष सुरेश साह कानु, वडा नं. ८ का वडा अध्यक्ष रितेश गुप्ता, वडा नं. १० का वडाअध्यक्ष सुशिल साह कानु, जियालाल गुप्ता, राजशंकर साह कानु, राजिन्द्र साह कानु, छोटेलाल साह कानु, दिपक साह कानु, विवेक कुमार गुप्ता रहेका छन् ।

सो बैठकमा वडा नं. १०का वडाअध्यक्ष सुशिल साह कानुलाई माला र दोसल्ला ओढाई सम्मान गरेका थिए भने कानु समाजका केन्द्रिय अध्यक्ष किशोरी साह कानुको विशेष उपस्थितिमा बैठक बसेको थियो भने बैठक समाजका अध्यक्ष लक्ष्मण साह कानुको सभापतित्वमा बसेको थियो भने बैठकको सहजीकरण समाजका सचिव श्रवण प्रसाद साह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

संवाददाता

लेखकको बारेमा

संवाददाता

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज