अपडेट 
इलाम-२ मा एमालेका सुहाङ नेम्वाङ विजयी | प्रचलित कानूनबाहेकका सुरक्षाकर्मी तत्काल फिर्ता बोलाउनु : गृह मन्त्रालय | सशस्त्र र प्रहरीको सेटिङमा धनुषामा तस्करी | नेरुडे लघुवित्त सँस्था लिमिटेड : सम्झौता कार्यान्वयन नगरि उल्टै कर्मचारीमाथि दमन गर्दा ६ सय कर्मचारीहरु विचल्लीमा | भारतको बसन्तपुरमा आगो सल्काउँदा पर्साको भलुवहीयाँमा २ घरसहित कुखुरा फर्म र १० बिघा गँहु बाली जलेर सखाप | छिपहरमाईमा लक्ष्मी नारायण महायज्ञको जलयात्रा | उल्टो झण्डा झुन्डाउने यीनै हुन् मुख्यमन्त्री | ट्यांकरको ठक्करबाट प्रहरी जवान परियारको मृत्यु | छिपहरमाईमा रास्वपाको होली मिलन कार्यक्रम | अश्लिल भिडियो बनाएको आरोपमा छिपहरमाईबाट अहमद पक्राउ |
२०८० असार २, शनिबार २२:२४ बजे

वीरगञ्ज २ अषाढ

एक दशकदेखि बालबालिका, किशोरकिशोरी र युवाका विभिन्न क्षेत्रमा वकालत तथा अभियान सञ्चालन गर्दै आइरहेको सामाजिक संस्था युवालयले बालअधिकार मूलप्रवाहिकरणमा स्थानीय तह विषयमा मधेश प्रदेशको पर्सा जिल्लास्थित पर्सागढी नगरपालिकामा स्थानीय तहका निर्वाचित प्रतिनिधि र सरोकारवाला निकायको उपस्थितिमा नीति संवाद कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा पर्सागढीका नगर प्रमुख गोकर्ण पाठकले आगामी वर्षका लागि बजेट तथा योजना निर्माण हुँदै गरेको अवस्थामा नगरपालिकामा बालबालिका तथा किशोरकिशोरीको अवस्था तथा आवश्यकताका बारेमा संवाद गरिनु निकै अर्थपूर्ण रहेको बताए ।

 

नगरपालिकामा रहेका २ वटा वडा बालमैत्री भइसकेको अवस्थामा अब पर्सागढीलाई छिट्टै बालमैत्री बनाउन युवालय लगायत सम्पूर्ण सरोकार राख्ने निकायको सहयोग आवश्यक रहने प्रमुख पाठकले बताए ।

 

त्यस्तै, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविरमण भट्टराईले नगरपालिकाले बनाउने योजनामा बालबालिकासँग सरोकार राख्ने विषयलाई उच्च महत्वका साथ कार्यन्वयन गरिने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा सहभागी पर्सागढी नगरपालिकाका विभिन्न शाखाका प्रमुखहरू, विद्यालयका प्रधानाध्यापक, बाल क्लबका प्रतिनिधि, आमा समूह, युवा क्लब, स्वास्थ्य स्वयंसेविका तथा नगरपालिकामा सकृय स्थानीयहरूले बालबालिकाका क्षेत्रमा काम गर्न, सहयोग र सहकार्य गर्न तयार रहेको बताए ।

 

युवालयका सहजकर्ता राहुल शाहले पर्सागढीमा बालबालिकाका विषयमा विभिन्न कार्यक्रम गरिँदै आएको र आगामी वर्ष यसलाई अझ प्रभावकारी बनाउँदै लगिने बताए ।

 

त्यस्तै, युवालयका कोषाध्यक्ष धर्मराज रिमालले बालबालिका तथा किशोरकिशोरीका लागि कार्यक्रम निर्माण गर्दै गर्दा उनीहरूको अर्थपूर्ण सहभागितालाई प्रवर्द्धन गर्न नगरपालिकाको ध्यानाकर्षण गराए ।

 

बाल अधिकारको सुनिश्चितता र बाल सहभागिताको प्रतिबद्धतामा प्राथमिकता दिन सकेमा पर्सागढी नगरपालिका छिट्टै नै बालमैत्री हुने र यसका लागि सहकार्य गर्न युवालय सदैव तयार रहेको प्रतिबद्धता

व्यक्त गरे ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय