
वीरगंज – ६ असार। जिल्ला प्रहरी कार्यालय पर्सा मातहत रहेको प्रहरी चौकी अमरपटीका इन्चार्ज वरिष्ठ नायब निरीक्षक हरि चौहानले एक दर्जन भन्दा बढी ठुलो बडा ब्यापारीलाई तस्करी गर्न लाईन दिएका छन भने सादा पोशाकमा घुमुवा वरिष्ठ हवल्दार शिवहरी अधिकारीलाई परिचालन गरेर गोप्य सूचना संकलन गरी अपराधीक गतिविधि नियन्त्रण गर्नुको सट्टा व्यापारीहरुसँगको घुस असुली र तस्करीका समान गन्तव्य सम्म पुग्न स्कर्टिङ समेत गराउने गरेको खबर प्राप्त भएको छ ।
घुमुवा वरिष्ठ हवल्दार अधिकारीले त्यस क्षेत्रमा आतंक मच्चाएको छ । प्रहरी चौकी अमरपटीका बरिस्ठ सई हरि चौहानले नियन्त्रणको सट्टा ‘मासिक असुली’ गरेर तस्करीमा छुट तथा सुरक्षा दिई तस्करीका समान वारपार गर्न स्कर्टिङ समेत गरेर सघाउने गरेका आरोप सई चौहानमाथि लाग्ने गरेको छ ।
मुना नामक दुई जना, भोला र भुलन गरि ४ जना ब्यापारीले मोटो रकम बुझाएर मोटरसाईकलको माध्यमले कपडाको ठुलो लाईन पाएका छन ।
सुनिलले राजनिवास र रजनीगन्धा तस्करी गर्न लाईन पाएका छन भने बिनयले हार्डवेयरको तस्करी गर्न छुट पाएका छन ।
कबाड तस्करी गर्न बिगा र संजयले लाईन पाएका छन ।भुवन यादवले दुहिने भैंसी तस्करी गर्न लाईन पाएका छन । उनले नक्क्ली कागजात बनाएर नेपालको विभिन्न ठाउ पठाउदै आएका छन ।
यस्तै, पर्साको नामुदत तस्कर अनुपले कुखुराको चल्लाको ठुलो मात्रामा तस्करी गरीरहेको पाइएको छ । पर्सामा सञ्चालित अधिकांश कुखुरा फर्महरु यिनै तस्करीको माध्यमले भित्र्याएका चल्लाबाट संचालन भइरहेको स्थानीयको भनाइ छ । उनीहरुले भारतीय सिमावर्ती गाउँहरुमा पिकअपबाट झारेर रातीको समय मोटरसाईकल र पैदल भरियाको माध्यमले अमरपटी नाकाबाट पर्साका ग्रामीण भेगमा सञ्चालित कुखुरा फर्महरूमा कुखुराको चल्ला सप्लाई गर्ने गरेको प्रहरी स्रोत बताउँछ । अमरपटी, मधवल, झौवा, ईटियाही लगायत इ चार गाउँमा मात्र ८० देखि १०० वटा सम्म कुखुरा फर्महरु तस्करी कै कुखुरा चल्लाको भरमा संचालनमा रहेको स्रोत दाबी छ ।
टुना, अमरदेव, छोटेलाल र पिन्टु सहित चार जनाले भारतबाट नेपालतर्फ गहुँ र धान तस्करी गर्न लाईन पाएका छन । दिन र रात भरी भरिया लगाएर साईकलको माध्यमले तस्करी गरि भणडारन गरेर ट्रेक्टरमा लोड गरि बहुअरवा र बिरगंज मिल पठाउने गरेको खुलेको छ ।
त्यहाबाट मोबिल नेपालतर्फ र नेपालबाट अपोलो लेखिएको गाडीको टायर भारततर्फ तस्करी हुदै आएको छ ।
वरिष्ठ सई चौहानले खुल्याम रूपमा अबैध घरेलु मदिरा उत्पादन भठी संचालन र बिक्री बितरण गर्न मोटो रकम बुझेर मौखिक लाईसेन्स नै दिएका छन ।
प्रहरी चौकी अमरपटीका इन्चार्ज वरिष्ठ सई चौहानले मुना संग ८ हजार, ईन्दल संग ५ हजार, राजकुमार संग ५ हजार र जिउत संग ४ हजार बुझेर अबैध घरेलु मदिरा भठी संचालन गर्न छुट दिएका छन । मुना भने भठी संचालक भारतीय नागरिक हुन र उनको त्यहा रहेको सबै भन्दा ठुलो भठी रहेको छ । भारतको बिहार सरकारले मदिरा निषेध गरेको कारण यहाँ उत्पादन भएका अबैध घरेलु मदिरा भारततर्फ प्रहरीको मिलोमतोमा तस्करी समेत हुने गरेको छ । अबैध घरेलु मदिरा उत्पादन भएपछि बच्चा देखी ठुलाबडा सम्मले मदिरा सेवन गर्न भारत बिहारको विभिन्न स्थानबाट सेवनकर्ताहरु आउनेगरेको र मदिरा सेवन गरेर जथाभावी बोल्ने होहल्ला समेत गर्ने गरेको स्थानीयले जनाएका छन् । स्थानीयले सो गाउँमा बनिरहेको मदिरा तत्काल रोक्नु पर्ने बताए । खुल्याम रुपमा मदिरा बनेर बिक्रि वितरण र भारततर्फ तस्करी भएपनी प्रहरी चौकी अमरपटी र जिल्ला प्रहरी कार्यालय पर्साले रोक्ने प्रयास समेत नगरेको स्थानियले गुनासो गरेका छन । ।
प्रहरीका घुमुवा नै चोरीको गाडी चढ्दै।
चोरी, डकैती नियन्त्रण गर्ने प्रहरीले नै चोरीको मोटरसाईकल चढ्ने गरेको खबर प्राप्त भएको छ । प्रहरी चौकी अमरपटीका घुमुवा वरिष्ठ हवल्दार शिवहरि अधिकारीलेले प्रयोग गर्दै आएको कालो रंगको हिरो कम्पनीका स्प्लेन्डर प्लस मोटरसाईकल चोरीको रहेको स्रोतले जनाएको छ। वरिष्ठ हवल्दार अधिकारीले चढ्दै आएको मोटरसाईकलको आगाडी पछाडी दुबै साईडको नम्बर प्लेटमा गाडी नम्बर नै उल्लेख छैन ।