अपडेट 
सशस्त्र र नेपाल प्रहरीको मिलोमतोमा इनर्वागाउँ नाकाबाट तस्करी। | बारामा पूर्वसशस्त्र प्रहरी जवानको हत्या, नेपाल र भारतका गरी चारजना पक्राउ | चाडबाड लक्षित सुरक्षा योजना बनाएर लागू गर्न प्रहरीको सर्कुलर | प्रहरीकै संरक्षणमा इटहर्वा नाकाबाट तस्करी : तस्करहरुको अखाडा | दुई महिनामा २ खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | भारतीय नामुदत राँगाभैंसी तस्कर महादेवको लाईन चालु। | सर्लाहीमा तस्करसँग रकम उठाउन हानथाप | प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | धनुषाको इटहर्वा नाकामा असई पटेल र घुमुवा पाण्डेले तस्कर लाईनसहित चोरीको बाईक गराउँछन पार |
२०८० असार १६, शनिबार २०:५१ बजे

वीरगंज, असार १६

वीरगंज २३ प्रसौनी बिर्तामा रहेको माउन्ट हर्मन स्कुलले + २ (प्लस टु) संचालन गर्ने भएको छ । स्कुलले आज पत्रकार सम्मेलनको आयोजना गरि यहि शैक्षिक सत्र देखि आफनै निजि भवनमा म्यानेजमेन्ट र एजुकेशन फेकल्टीमा + २ संचालन गर्ने जनाएको हो ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै स्कुलका प्रधानाध्यापक संतोष साहले गाँउमै बिद्यार्थीहरु उच्च शिक्षा हासिल गरुन भन्ने उद्देश्यले + २ संचालन गर्न लागिएको जानकारी दिए ।

उनले गाँउघरका चेलीबेटीको शैक्षिक स्तर वृद्धि गर्न कलेजले बिशेष ध्यान दिने बताउनुभयो । साहले गाँउमै + २सम्मको स्तरीय शिक्षा प्रदान हुन थालेपछि अभिभावक र बिद्यार्थीहरुलाई सजिलो हुने बताए ।

जाडोयाममा हुने परेसानीबाट अब बिद्यार्थीहरुलाई राहत मिल्ने समेत प्र.अ साहको दावी थियो । उनले कलेज संचालन गर्नु आफनो ठुलो सपना रहेकोले भाषण भन्दा पनि काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गरे । कलेजले बिद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलाप संगै समाजिक र व्यवहारिक शिक्षामा पनि बिशेष जोड दिने बताउनुभयो ।

यसैगरी प्रमुख अतिथी अवधकिसोर कुशवाहाले कलेज संचालनको लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा पत्रकार जगत राई अभिभावक मुस्तिक अंसारी लगायतकाले शुभकामाना मन्तव्य व्यक्त गरेका थिए ।

पत्रकार सम्मेलनमा वडा सदस्य लालबाबु यादव, कान्ति देवी महतो, वडा सचिव राजेन्द्र यादव,अभिभाव लगायत संचारकर्मीहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण पत्रकार राकेश साहले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय