सुकई साह माबी का प्रअ चौरसियाले शिक्षकको तलब बाट कमिशन काटेको बिरोधमा बिधालय बन्दको घोषणा



राजन कु बानिया। पर्सा २८ असार।
पर्साको कालिकामाई गाउँपालिका वडा नं २ भेडिहारीमा रहेको श्री सुकई साह माध्यमिक बिधालयका शिक्षक देखि कार्यालय सहयोगी हरु अाज देखि बिधालय बन्द गरेका छन। श्री सुकई साह माबीका प्रअ रामबिश्वास प्रसाद चौरसियाले क्षिक्षक हरुको तलब बाट मनोपोली तरिका बाट तलबको ६ प्रतिशत कमिशन काटी ९४ हजार रकम बिधालयका प्रअ चौरसियाले काटेर अाफ्नो खलतीमा राखेका छन।

गाउँपालिकाले शिक्षक लगायत बिधालयमा कार्यरत सम्पुर्ण कर्मचारी बालबिकास ,लेखापाल, र कार्यालय सहयोगीको त्रमासिक अन्तिम निकासा करिब १६ लाख समय मा पठाएपनी बिधालयका प्रअ चौरसियाले कमिशन स्वरुप ६ः प्रतिशतको रकम काटेर अाफ्नो खलतीमा राखेको पिडित शिक्षकहरुले जनाएका छन।प्रअ चौरसियाले सम्पुर्ण शिक्षक लगायत तलो तह का कर्मचारी हरु बाट करिब ९४ हजार कमिशन काटेर फरार भएको शिक्षक हरु ले जनाए का छन। प्रअ चौरसिया ले शिक्षक हरु को तलब कमिशन बापत को रकम काटा गरि बिधालय अाउन छोडेको पिडित शिक्षक हरु ले समस्या राखदै पेनडाउन गरि बिधालय बन्द गरेका छन।

श्रीसुकई साह माबी का पिडित शिक्षक हरु ले अाज गाउँपालिका कार्यालय मा पुगि गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ता संग भेट गरि अाफ्नो समस्या राख्दै बिधालय का प्रअ चौरसिया लाई कार्वाहीको मांग गरेका छन। प्रअ चौरसियाले बिधालय प्रसाशन राम्रो शीत चलाउन नसके को र कमिशन खोर भएको कारण प्रअ लाई हटाउन र शिक्षक हरु लगायत अन्य कर्मचारी हरु बाट ६ः प्रतिशत कमिशन रकम फिर्ता गर्न र कार्यवाही गर्न मांग गरेका छन। यश बिषय मा गाउँपालिका अध्यक्ष बशिष्ट गुप्ता संग बुझदा अध्यक्ष गुप्ता ले भने शिक्षक ,बालबिकास,लेखापाल,र कार्यालय सहयोगी बाट ६ःप्रतिशत रकम फिर्ता गराउने र प्रअ चौरसिया लाई कार्वाही गरिने अास्वासन दिनु भएको छ। यसबारे बिधालय का प्रअ रामबिश्ववास प्रसाद चौरसियाले ६ः प्रतिशत रकम काटेको सिवकार गरेका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Avatar

लेखकको बारेमा

Birgunj express

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज