
वीरगंज । पर्साको वीरगंज महानगरपालिकामा पर्ने इनर्वागाउँ सीमानाकाबाट सशस्त्र र नेपाल प्रहरीकै मिलोमतोमा ब्यापक तस्करी भइरहेको छ । सिमानाकामा हुने अबैध चोरी तस्करी आपराधिक गतिविधि नियन्त्रण गर्न खटिएको सशस्त्र र नेपाल प्रहरीको मिलोमतोमा नेपाली र भारतीयहरुको संगठित तस्कर गिरोहले व्यापकरुपमा तस्करी गरिरहेका छन् ।
आर्थिक लाभमा परेका सशस्त्रका बिओपी गुल्म वीरगंजका इन्चार्ज र अस्थाई प्रहरी पोष्ट इनर्वागाउँका इन्चार्ज तस्करसँग साँठगाँठमा छन् । लाभका लागि भन्सार छलीबाट हुने तस्करीलाई उनीहरुले प्रसय दिइरहेका छन् । ‘प्रत्येक नाकामा सशस्त्र र नेपाल प्रहरीको रातदिन डियुटी हुन्छ, सशस्त्र र नेपाल प्रहरीले चाहेमा तस्करी निर्मूल हुन्छ तर मिलमतोमा तस्करी गराउन दिइएको छ’, इनर्वागाउँको एक स्थानीयले भने, ‘प्रत्येक तस्करसँग सशस्त्र र नेपाल प्रहरीले पैसा असुल्दै आएको छ ।’
चाडपर्बको बेलामा वीरगंज भन्सार पछाडिको ईनर्वागाउँको बाटो प्रयोग गरि तस्करहरुले रातभरी लत्ताकपडा, हाडयेवर,माछा, जुत्ता चप्पल,छोकडा, काजु लगाएतका सामान र ठुलो मात्रामा खसीबोको तस्करी भईरहेको समाचार प्राप्त भएको छ। वीरगंजको ईनर्वागाउँ नाकाबाट एक समुहले १० वटा मोटरसाईकलमा माछा लोड गरि भारतबाट नेपालको ईनार्वागाउँमा ल्याई एक गोदाममा स्टोक गरि काठमाडौ सम्म पुर्याउने गरेका छन् । त्यसैगरि, लत्ताकपडा र जुत्ता चप्पल टेम्पो र अटोरिक्सामा लोड गरि इनर्वागाउँको बाटो प्रयोग गरि वीरगंका विभिन्न ट्रान्सपोर्टहरुमा तस्करहरुले पुर्याउने गरेको नाम नछाप्रने सर्तमा एक तस्करले बताएका छन् भन्ने ५ जानको समुहले काजु, ईलाची र लत्ताकपडाको रातभरी तस्करी सशस्त्र प्रहरी भन्सार बिओपी र अस्थाई प्रहरी पोष्ट ईनार्वागाउँको संरक्षणमा हुँदै आएको स्थानियहरुले यस अनलाईनलाई बताएको छन।
सशस्त्र प्रहरी बल हेडक्वाटरले सिमानाकामा हुने चोरी तस्करी नियन्त्रणको लागि सशस्त्र प्रहरी बल बिओपी वीरगंजलाई गुल्म स्थापना गरि सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी ) को दरबन्दी कायम गरेको छ। सशस्त्र प्रहरीका डिएसपी बिओपीमा आएपनि विगतको दिनमा बन्द रहेको तस्करी अहिले व्यापक रुपमा शुरु भएको छ।
सशस्त्र प्रहरी बल बिओपी वीरगंज गुल्मका प्रमुखमा सशस्त्र प्रहरी नायब उपरीक्षक देबिन्द्र सिंह र प्रहरी अस्थाई पोष्ट ईनार्वागाउँ इन्चार्जमा प्रहरी निरिक्षक मुनिलाल राउत छन ।
यस बिषयमा बुझ्न प्रहरी चौकी ईनार्वागाउँका प्रमुख एवम प्रहरी सहायक निरीक्षक मुनिलाल राउत संग फोन सम्पर्क गर्दा सिमानाका हो चोर बाटो भएर सामानहरु आईहाल्छनि भन्दै फोन काटनु भयो। यस्तो अवैध गतिविधि तर्फ सम्बन्धित निकायको ध्यान जान अति आवशयक देखिन्छ ।