सशस्त्रका आइजीपी हेलिकोप्टर र गाडीमा पश्चिमको प्रस्थान



सशस्त्र प्रहरी बल, नेपालका प्रमुख राजु अर्याल पश्चिम नेपालस्थित नम्बर ५ र ६ बाहिनी मुख्यालयअन्तर्गतका कार्यालयहरुको निरीक्षण भ्रमणमा निस्केका छन् । सोमबार भैरहवाबाट थालिएको उनको यात्रा पर्सि शनिबार काठमाडौं आइपुगेपछि समापन हुने जनाइएको छ ।

सोमबार बिहान सवा ७ बजेको उडानमा भैरहवा पुगेर अर्याल नम्बर ५ बाहिनी मुख्यालयमा रिफ्रेसमेन्टपश्चात् निरीक्षणमा हिँडेका हुन् । सोही दिन दिउँसो २९ नम्बर गण हेडक्वार्टर भालुवाङमा लञ्चको लागि केहीबेर आराम गरेर उनको टोली प्युठानको स्वर्गद्वारी मन्दिर पुगेको थियो । उक्त दिनको रात्रि मुकाम रोल्पाको गुल्ममा राखिएको स्रोतले बतायो ।

मंगलबार बिहान रोल्पामा ब्रेकफास्ट लिएपछि अर्याल टोलीसहित स्थलमार्ग हुँदै रुकुम पूर्व गएको र सो दिनको रात्रि मुकाम रुकुम पूर्वमा राखिएको थियो ।

हिजो रुकुमपूर्वबाट सल्यान हुँदै नेपालगञ्ज पुगेका छन् ।  बिहान रुकुम पूर्वमा नास्ता लिएर उनको टोलीले नम्बर ४७ गुल्म रुकुम पश्चिमको निरीक्षण गरेको थियो । सोही गुल्ममा लञ्च खाएर दिउँसो आश्रित गुल्म सल्यान पुगेको र  खाजा खाइवरी अर्याल राति नेपालगञ्ज पुगेको बुझिएको छ ।

आज नेपालगञ्जमा ब्रेकफास्ट लिएर टोली जुम्ला उडेको छ । जुम्लामा ३३ नम्बर गण हेडक्वार्टर भवनको भवनको उद्घाटन कार्यक्रम राखिएको छ । टोली आज जुम्लामा बास बस्ने र भोलि बिहान सिम्रिक एअरको हेलिकोप्टरमा नम्बर ४६ गुल्म डोल्पाको निरीक्षणमा जाने बताइएको छ ।

त्यहाँबाट भोलि नै हुम्लाको नम्बर ४४ गुल्म, बिओपी हिल्सा निरीक्षण गरेर हेलिकोप्टरमा भोलि अपरान्ह सुर्खेत फर्कने कार्यक्रम छ । भोलिको रात सुर्खेत बसेर पर्सि बुद्ध एअरको उडानमा काठमाडौं फर्कने सशस्त्र प्रहरी बल स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज