जानकीटोला चौकी अगाडिबाट खुलेआम तस्करी



वीरगंज । भारतको सीमासंग जोडिएको पर्साको जानकीटोला नाकाबाट प्रहरीको सेटिङमा खुलेआम तस्करी भइरहेको छ।

प्रहरी चौकी जानकीटोलाको मूल गेटअगाडिबाट बिना कुनै रोकटोक दिनदहाडै खुलेआम तस्करी भइरहेको भिडियो क्लिप नै हामीलाई प्राप्त भएको छ ।

प्रतिबन्धित औषधि देखी भारतीय बजारमा सस्तो र नेपाली बजारमा महँगो पर्ने सामानहरु अहिले भन्सार छली भएर नेपाल भित्रिरहेको व्यापारीहरु बताउँछन् । अहिले भारतीय बजार इनर्वाबाट भन्सार राजश्व चुहावट गरि दैनिक १० लाख भन्दा बढीको किराना समान, प्याज, चिनी, मिठा सक्खर, धान , माछा, त्यार बोइलर कुखुरा, कुखुराको चल्ला, कपड़ा, मोटर पार्ट्स, रजनीगन्धा, हार्डवेयर, सुर्तीजन्य सामग्री नेपाल भित्र्याईने गरिएको छ ।

त्यसैगरि सोही क्षेत्र भएर दैनिक रुपमा प्लाष्टिकका गिलास, चुरोट र मदिरा लगायतको सामग्री नेपालबाट भारततर्फ अवैध रुपमा निकासी भैरहेको छ।

यस्तै, भारत बिहारको खमिया इनार्वाका कुख्यात कुखुरा तस्कर शेषनाथ, इनर्वाका गुडु र सेठले प्रहरी चौकी जानकीटोलाका प्रमुख बिष्टसंग सेटिङ मिलाई कुखुरा तस्करी गराउने गरेको स्थानीय तथा त्यसक्षेत्रमा कारोबार गर्ने केही व्यापारीहरुले बताएका छन् । ब्यापारी स्रोतका अनुसार शेषनाथ, गुडु र सेठले कुखुराहरुको सानादेखी ठुला तस्करको जिम्मा लिई स्थानीय प्रहरी प्रमुखहरुसंग मिलोमतोमा कारोबार गराइरहेका छन् ।

जानकीटोला नाकामा प्याजको अवैध व्यापार पनि फस्टाएको छ । सीमापारिको भारतीय बजार इनर्वाबाट प्रतिदिन सयौँको सङ्ख्यामा साईकल र मोटरसाईकलमा जानकीटोला नाकाबाट प्याजको तस्करी भइरहेको स्थानीय प्रत्यक्षदर्शीहरुले बताएका छन।

यस्तै आसबारी नाकाबाट पनि कुखुराको चल्ला र भैसी तस्करी चम्केको छ ।

प्रहरी चौकी जानकीटोलामा चौकी प्रमुखको जिम्मेवारी पाएर आएदेखि नै प्रहरी नायब निरीक्षक तिर्थराज बिष्टको मिलोमतोमा सिमा क्षेत्रबाट अवैध कारोबार  व्यापक भस्टाएको छ । चोरी तस्करी अबैध कारोबार रोक्नुको सट्टा सर्वसाधारणलाई सास्ती र तस्करलाई मस्ती दिरहेका स्थानीयहरुको गुनासो छ ।

यस बिषयमा प्रहरी चौकी जानकीटोलाका इन्चार्ज प्रहारी नायब निरीक्षक तिर्थ राज बिष्टसंग बुझ्दा पहिला पहिला यस क्षेत्रबाट तस्करी हुन्थियो तर म आएकै दिन तस्करीका समान पक्राउ गरेर भन्सार बुझाएकोले तस्करहरु त्यो दिनबाट यता देखाइदिएका छैनन् , मेरो क्षेत्रबाट तस्करी भइरहेको आरोप सत्य नभएको दाबी गरे । उनी जानकीटोला आएकै दिन तस्करीको समान पक्राउ गरि भन्सार त बुझाए तर सेटिङ मिलाउनकै लागी समान पक्राउ गरेको र सेटिङ मिलेपछि अहिले हक्काहकि रुपमा तस्करीको लाइन खोलेर घुस असुली कार्यलाई तिब्रता दिएको आरोप उनी माथी लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज