वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले वडा प्रहरी कार्यालय श्रीपुरमा कार्यरत प्रहरी सहायक हवल्दार जितेन्द्र प्रसाद यादवलाई २०८३ भदौ महिनाको ‘बेस्ट पुलिस अफ द मन्थ’ (BEST POLICE OF THE MONTH) घोषणा गरेको छ।
प्रहरी सेवामा कर्तव्यनिष्ठा, अनुशासन, जिम्मेवारीबोध र कार्यसम्पादनमा उत्कृष्टता प्रदर्शन गरेको मूल्यांकनका आधारमा यादवलाई भदौ महिनाको उत्कृष्ट प्रहरी छनोट गरिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका कार्यालय प्रमुख प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले ‘महिनाको उत्कृष्ट प्रहरी छनोट कार्यविधि–२०८३’ बमोजिम यादवलाई भदौ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेका हुन्।
उत्कृष्ट प्रहरी घोषित यादवलाई प्रहरी उपरीक्षक भट्टराईले प्रशंसापत्र तथा पुरस्कार प्रदान गर्दै बधाई तथा शुभकामना व्यक्त गरे।
प्रहरी संगठनमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई प्रोत्साहन गर्ने उद्देश्यले महिनाको उत्कृष्ट प्रहरी छनोट गरी सम्मान गर्ने व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। यस्तो सम्मानले प्रहरी कर्मचारीलाई कर्तव्यप्रति थप जिम्मेवार, अनुशासित र नागरिक सेवामा समर्पित भएर काम गर्न प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।
वडा प्रहरी कार्यालय श्रीपुरमा कार्यरत यादवले आफ्नो जिम्मेवारीलाई प्रभावकारी रूपमा निर्वाह गर्दै प्रहरी सेवामा देखाएको सक्रियता र समर्पणका आधारमा उक्त सम्मान प्राप्त गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय पर्साले उत्कृष्ट प्रहरी छनोटको माध्यमबाट कर्तव्यनिष्ठ र उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीको योगदानको कदर गर्दै उनीहरूको मनोबल उच्च बनाउने प्रयास गर्दै आएको जनाएको छ।
उत्कृष्ट प्रहरीको सम्मान प्राप्त गरेपछि यादवलाई सहकर्मी, शुभेच्छुक तथा स्थानीयस्तरबाट बधाई तथा आगामी सेवाका लागि शुभकामना व्यक्त गरिएको छ।


तपाईको प्रतिक्रिया !