नवरात्रको रौनक: तेस्रो दिन गहवामाई मन्दिरमा दर्शनार्थीको भीड

NEWS DESK
२०८३ आश्विन २७, मंगलवार ०८:१२ बजे

बीरगंज । नवरात्रको तेस्रो दिन आज बीरगंजस्थित प्रसिद्ध धार्मिकस्थल गहवामाई मन्दिरमा दर्शन तथा पूजाआराधना गर्न आउने भक्तजनको घुइँचो लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनको उल्लेख्य उपस्थिति देखिएको छ।

नवरात्रको अवसरमा गहवामाईको दर्शन गरी पूजाआराधना गर्न तथा मनोकामना पूरा हुने धार्मिक विश्वासका साथ भक्तजनहरू मन्दिर पुगिरहेका छन्। भक्तजनको उपस्थितिले मन्दिर परिसरमा बिहानैदेखि भक्तिमय वातावरण बनेको छ।

दसैँको नवरात्रमा नौ दुर्गाको पूजा आराधना गर्ने परम्पराअनुसार आज तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिँदैछ। यस अवसरमा गहवामाई मन्दिरमा पनि श्रद्धालुहरूले विधिपूर्वक पूजाआराधना गरी देवीको आशीर्वाद लिइरहेका छन्।

बडादसैँ नजिकिँदै जाँदा गहवामाई मन्दिरमा भक्तजनको चहलपहल थप बढ्ने अपेक्षा गरिएको छ। बीरगंज तथा आसपासका क्षेत्रका श्रद्धालुहरूको प्रमुख आस्थाको केन्द्रका रूपमा रहेको गहवामाई मन्दिरमा हरेक वर्ष नवरात्रका अवसरमा भक्तजनको विशेष भीड लाग्ने गर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्