बीरगंज–२२ बहुअरीको धान खेतमा लुकाइराखेको अवस्थामा भरुवा बन्दुक फेला

NEWS DESK
२०८३ आश्विन २७, मंगलवार १०:०७ बजे

बीरगंज । पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका–२२ बहुअरीबाट एक थान भरुवा बन्दुक बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको विशेष प्रहरी टोलीले विशेष सूचनाका आधारमा सोमबार दिउँसो करिब २स्३० बजे उक्त हतियार बरामद गरेको हो।

प्रहरीका अनुसार बहुअरीबाट भवानीपुरतर्फ जाने सार्वजनिक सडकखण्डको पूर्वपट्टि धान रोपेको खेतमा प्लास्टिकको बोराले बेरेर लुकाइछिपाइ राखिएको अवस्थामा १२ बोरको एक नाले भरुवा बन्दुक फेला परेको थियो।

उक्त हतियार बेवारिसे अवस्थामा फेला परेपछि प्रहरीले बरामद गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लद्वारा जारी सूचनाअनुसार बरामद हतियार कसले र कुन प्रयोजनका लागि त्यहाँ लुकाएर राखेको थियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्