आपत्तिजनक अडियो प्रकरणमा रास्वपाद्वारा सांसद खगेन्द्र सुनार निलम्बित

NEWS DESK
२०८३ आश्विन २७, मंगलवार १०:१६ बजे

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद खगेन्द्र सुनारलाई सार्वजनिक पदीय जिम्मेवारीबाट निलम्बन गरेको छ। एक महिलासँगको आपत्तिजनक कुराकानीको अडियो सार्वजनिक भएपछि पार्टीले आन्तरिक छानबिन अघि बढाउँदै अनुसन्धान पूरा नभएसम्मका लागि उनलाई निलम्बन गरेको हो।

बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद सुनार रास्वपाका केन्द्रीय सदस्यसमेत हुन्। पार्टीले अडियो प्रकरणको छानबिन निष्कर्षमा नपुग्दासम्म उनलाई सांसद तथा पार्टीको केन्द्रीय सदस्यका रूपमा सार्वजनिक औपचारिक कार्यक्रममा सहभागी हुन रोक लगाएको छ।

रास्वपाका महामन्त्री विपीन आचार्यले छानबिन पूरा नभएसम्म सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन सांसद सुनारलाई निर्देशन दिएका छन्।

पार्टीको निर्णयअनुसार अब सुनारले छानबिन नसकिएसम्म रास्वपाको नेता वा सांसदको हैसियतमा कुनै पनि कार्यक्रममा सहभागिता जनाउन पाउने छैनन्।

यसैबीच, सांसद सुनार ‘हामी आउँदैछौँ’ अभियानका लागि दाङमा रहेका बेला घोराहीमा आजका लागि तय गरिएको कार्यक्रमसमेत स्थगित गरिएको छ।

अडियो प्रकरणबारे पार्टीको आन्तरिक छानबिन जारी रहेकाले त्यसको निष्कर्षपछि थप निर्णय हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्