करदाता प्रोत्साहन उपहार कुपन कात्तिक १ गते खोलिने

NEWS DESK
२०८३ आश्विन २९, बिहीबार १८:५० बजे

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज महिनाको पछिल्लो १५ दिनको उपहार कुपन कात्तिक १ गते खोल्ने भएको छ।

विभागका अनुसार असोज १६ गतेदेखि ३१ गतेसम्म जारी भएका बिल उपहार कुपन कार्यक्रममा सहभागी हुनेछन्। सरकारले उपभोक्तालाई सामान तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल माग्न र व्यवसायीलाई बिल जारी गर्न प्रोत्साहित गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्दै आएको छ।

कार्यक्रमअन्तर्गत प्रत्येक दिन एक जना भाग्यशाली सहभागीले एक लाख रुपैयाँ र प्रत्येक १५ दिनमा एक जनाले १० लाख रुपैयाँको बम्पर उपहार जित्न सक्ने व्यवस्था छ।

विभागले निश्चित अवधिमा जारी भएका बिलका आधारमा उपहार कुपन खोल्दै आएको छ। यस कार्यक्रमले कर प्रणालीलाई पारदर्शी बनाउन, बिल लिने तथा दिने बानीको विकास गर्न र कर छली नियन्त्रणमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

सरकारले उपभोक्तालाई खरिद गरेको वस्तु तथा सेवाको बिल अनिवार्य रूपमा लिन प्रोत्साहित गर्दै करदाताको सहभागिता बढाउने लक्ष्यसहित उपहार कार्यक्रम सञ्चालन गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्