वीरगञ्जको गहवामाई मन्दिर नजिकैको ज्वेलर्समा चोरी, गरगहनासहित महिला पक्राउ

NEWS DESK
२०८३ कार्तिक ७, शुक्रबार ०८:३६ बजे

वीरगञ्ज । पर्सामा चोरीका सुन तथा चाँदीका गरगहनासहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकी महिलाको साथबाट करिब ४ लाख ११ हजार रुपैयाँ बराबरका गरगहना बरामद गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार वीरगञ्ज महानगरपालिका–६ स्थित गहवामाई मन्दिर नजिक रहेको हर्ष ज्वेलर्सबाट चोरी भएका गरगहनासहित ती महिलालाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार महिलाको साथबाट एक तोलाको सुनको सिक्री र दुई तोला चाँदीका पाँच सेट पायल बरामद गरिएको छ। बरामद गरिएका गरगहनाको अनुमानित मूल्य ४ लाख ११ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। चोरीमा महिलाको संलग्नता तथा घटनासँग सम्बन्धित अन्य विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्