वीरगञ्ज । नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन वाईसीएल नेपालका केन्द्रीय सदस्य तथा नेकपाको मधेस प्रदेश कमिटी सदस्य सन्तोष पटेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।
लामो समयदेखि राजनीतिमा सक्रिय रहँदै आएका पटेलले आफ्नो राजनीतिक यात्रा अब रास्वपामार्फत अघि बढाउने भएका छन् । भ्रष्टाचार नियन्त्रण, सुशासन र राजनीतिक परिवर्तनका मुद्दामा सक्रिय रहँदै आएका उनी रास्वपामा प्रवेश गरेसँगै मधेस प्रदेशको राजनीतिक वृत्तमा चासो बढेको छ ।
पटेलले जनताले वास्तविक परिवर्तनको अनुभूति गर्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिँदै आएका छन् । रास्वपामार्फत जनताका समस्या उठाउने, भ्रष्टाचारविरुद्ध आवाज बुलन्द गर्ने र सुशासनका एजेन्डालाई प्राथमिकताका साथ अघि बढाउने उनको लक्ष्य रहेको बताइएको छ ।
पटेलको पार्टी प्रवेशलाई उनको राजनीतिक यात्रामा नयाँ मोडका रूपमा हेरिएको छ । उनको प्रवेशले मधेस प्रदेशमा रास्वपाको संगठन विस्तार तथा आगामी राजनीतिक गतिविधिमा कस्तो प्रभाव पार्छ भन्ने विषय चासोको केन्द्रमा रहेको छ ।


तपाईको प्रतिक्रिया !