रास्वपा का सभापति रवि लामिछाने आज भारत जाँदै, तीन दिन भ्रमणमा रहने

NEWS DESK
२०८३ कार्तिक ७, शुक्रबार ०९:०४ बजे

काठमाडौं, ६ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने निजी भ्रमणका लागि आज भारत जान लाग्नुभएको छ ।

लामिछाने परिवारसहित भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या देवी मन्दिरमा पूजाअर्चना गर्न जान लाग्नुभएको उहाँको सचिवालयले विज्ञप्तिमार्फत जनाएको छ ।

सचिवालयका अनुसार लामिछानेको भारत भ्रमण पूर्णतः निजी तथा धार्मिक प्रयोजनका लागि हुनेछ । भ्रमणका क्रममा उहाँले दुवै धार्मिक स्थलमा पुगेर पूजाअर्चना गर्नुहुनेछ ।

तीन दिनसम्म भारतमा रहने लामिछानेको भ्रमणलाई सचिवालयले व्यक्तिगत तथा तीर्थाटनका रूपमा स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्