दुई दशकदेखि प्रचण्ड नेतृत्वको कम्युनिष्ट पार्टीमा सक्रिय प्रभाकर गुप्ता रास्वपामा प्रवेश

NEWS DESK
२०८३ कार्तिक ७, शुक्रबार ०९:१५ बजे

वीरगञ्ज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का मधेस प्रदेश कमिटी सदस्य प्रभाकर गुप्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।

पर्साको वीरगञ्ज महानगरपालिका–१०, घडिअर्वा निवासी गुप्ताले नेकपा परित्याग गर्दै रास्वपाको सदस्यता लिएका हुन् । उनी दुई दशकभन्दा लामो समयदेखि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको कम्युनिष्ट पार्टीमा सक्रिय राजनीतिमा संलग्न थिए ।

२०६१ सालमा विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेका गुप्ताले अखिल (क्रान्तिकारी) को नगर समिति सदस्यदेखि केन्द्रीय सचिवसम्मको जिम्मेवारी सम्हालिसकेका छन् । उनी २०६७ सालमा तत्कालीन नेकपा माओवादी केन्द्रको पर्सा जिल्ला सदस्यमा मनोनित भएका थिए ।

गुप्ताले नेकपाभित्र परिवारवाद, अवसरवाद र गुटगत प्रवृत्ति हाबी भएको तथा इमानदार कार्यकर्ताको उचित मूल्यांकन हुन नसकेको भन्दै पार्टी परित्याग गरेको बताएका छन् ।

लामो समय कम्युनिष्ट राजनीतिमा सक्रिय रहेका गुप्ताको रास्वपा प्रवेशलाई वीरगञ्ज तथा मधेस प्रदेशको राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ । उनको पार्टी प्रवेशले मधेस प्रदेशमा रास्वपाको संगठन विस्तार र स्थानीय राजनीतिक गतिविधिमा कस्तो प्रभाव पार्छ भन्ने विषय आगामी दिनमा स्पष्ट हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्