ठोरीको ओडारखोला बगरमा भारतीय युवकको शव फेला

NEWS DESK
२०८३ कार्तिक ८, शनिबार ०९:०९ बजे

वीरगञ्ज । पर्साको ठोरी गाउँपालिका–३ स्थित बुद्धनगरको ओडारखोला बगरमा एक भारतीय युवकको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मृतक भारतको बिहार राज्यअन्तर्गत पश्चिम चम्पारण जिल्लाको इनरवा क्षेत्रस्थित खमियाका लालु देवानका २० वर्षीय छोरा इरसाद आलम हुन्।

शव फेला परेपछि पोस्टमार्टमका लागि नारायणी अस्पताल, वीरगञ्ज पठाइएको थियो। पोस्टमार्टमपछि शव आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ।

मृतकका आफन्तका अनुसार आलम चार दिनदेखि परिवारको सम्पर्कमा थिएनन्। उनी स्थानीय गोलु ठाकुरसँगै ठोरी आएको आफन्तले बताएका छन्।

यसैबीच, भारतको इनरवा प्रहरीमा ठाकुरविरुद्ध किटानी जाहेरी परेपछि उनलाई पक्राउ गरिएको बताइएको छ। खमियाका शम्भु यादवका अनुसार ठाकुरलाई मैनाटाँड थानामा राखेर सोधपुछ भइरहेको छ।

युवकको मृत्युको कारण भने खुल्न सकेको छैन। घटनाबारे नेपाल र भारतका सम्बन्धित प्रहरी निकायले अनुसन्धान गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्