लागूऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ

NEWS DESK
२०८३ कार्तिक ९, आईतवार ०८:०५ बजे

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–१६ बाट ४२ ग्राम ७२० मिलिग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्।

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगञ्ज र प्रहरी चौकी इनर्वाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले आइतबार उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका–६ निवासी २४ वर्षीय अमित दर्जी र २९ वर्षीय दीपक परियार रहेका छन्।

प्रहरीका अनुसार उनीहरूको साथबाट ४२ ग्राम ७२० मिलिग्राम खैरो हेरोइन र दुई थान मोबाइल फोन बरामद गरिएको छ।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय बिर्ता, पर्सामा बुझाइएको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्